साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रमाइलाे ल…

सिलटिम्मुर खाओस् भन्दै शतबिज छर्नू इज्जत लिन्छ फुस्ल्याएर अलि पर सर्नू आकाश र पातालको कुरा गर्ने कोही अब त्यता आयाे भने पानी खेदाे गर्नू ।।

Nepal Telecom ad

हाेम सुवेदी :

खाेले कुँडाे पकाकाे छ थाहा पाकाे छैन
नेता किन अझसम्म खान आकाे छैन
बिरामी पाे भयाे क्यारे भन्दा खबर आयाे
भेटेनरी लानै पर्ने बेला भाकाे छैन ।

पानीबिनै चल्न सक्ने नाउ ल्याएकाे छ
मेचीदेखी कालीसम्म एक्लै भ्याएकाे छ
सपना हाे बिपना हाे थाहा पत्ताे छैन
तर अर्काे नेता चाहिँ यहाँ ब्याएकाे छ ।।

माथि जानु पर्ने पाइला तल चालिएछ
भ्रष्टाचारी ढाल्नु पर्थ्याे इमान ढालिएछ
माटाे ढुङ्गाे हावा पानी सबै थाेक खाने
घरघरै नेता भन्ने जन्तु पालिएछ ।।

सम्याउन खाेज्दा अग्लाे डाँडाे भएको छ
पैतालामा सधैँ बिझ्ने काँडाे भएकाे छ
पार पाउनै सकिएन महा राेगबाट
नेता भन्ने जन्तु हाम्राे घाँडाे भएकाे छ ।।

आफूलाई सरेक पर्ने ठाउँ मात्रै छान्छ
जता सुत्न मन भयाे उतै सुत्न जान्छ
हाेस गर्नू अगस्ती हाे हन्तकाली माेराे
जुठाे पुराेसम्म पनि चाटीचाटी खान्छ ।।

सिलटिम्मुर खाओस् भन्दै शतबिज छर्नू
इज्जत लिन्छ फुस्ल्याएर अलि पर सर्नू
आकाश र पातालको कुरा गर्ने कोही
अब त्यता आयाे भने पानी खेदाे गर्नू ।।

०००
भद्रपुर, झापा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
तुलसीप्रसाद भट्टराई
तुलसीप्रसाद भट्टराई
9 months ago

कडा व्यङ्ग्य सहित मीठा मुक्तकहरू

Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x