साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अप्रिल फुलको कविता

Nepal Telecom ad

आँसु हुन्छन् सृष्टिभित्र सारा प्राणीहरूसित
मनुष्य मात्र यौटै हो सक्छ जो हाँस्न खित्खित ।।

आफू हाँसौं अरूलाई हँसाऔं जति सक्तछौं
सबैका हास्य हेरेर आनन्द लिन सक्तछौं ।।

हेर्नोस् हाँसो कहाँ छैन ? विश्व नै एक हास्य हो
विधिको नाट्यशालामा हाँसो सुन्दर लास्य हो ।।

चार खुट्टा टेक्न छोडी दुईखुट्टे भयो नर
भएर मात्र के गर्नु अझै चाला छ बानर ।।

मुख हेदौ छ ओडार नाकका टोडकामुनि
पिर्लिक्क छन् दुई आँखा झुसिले आँखिभौं मुनि ।।

बत्तीस दन्तले पिन्छन् खाना खोले बनाउँछन्
जिभ्रो स्वाद लिई घुम्छ दाँत चाहिं रिसाउँछन् ।।

डाडु आफैं पोलिएर तरकारी पकाउँछ
तर के स्वाद के जानोस् अरूलाई बुझाउँछ ।।

एउटै हातका पाँच औंलामा कति भिन्नता
बुढी औंला इस्स भन्छ चोर औंला उता उता ।।

अरू तीन जना भन्छन् इशाराले यतैतिर
कस्को मात्रै कुरा सुन्ने दिमागै गर्छ फिर्फिर ।।

जाडो गएछ लागेछ गर्मीको महिना अब
भित्रैदेखि चिलाएर पलाएछन् मुना सब ।।

कुत्कुते बैंस लागेर मान्छे गर्दछ खित्खित
कुत्कुताई अरूलाई अप्रेल पहिलोसित ।।
कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x