साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोड़सेडिङमा मित्र लोके

Nepal Telecom ad

एक दिन
मेरा मित्र लोके
खाना बनाउन भनी
भान्सामा पसेछन्
भाँडाकुँडा आँफै धसेछन्
झ्याप्प बत्ती गए पछि
बेसार भनी खुर्सानी ठोके
नुन भनी बेस्सरी
तरकारीमा चिनी पो पोखे ।

अर्को दिन
बिचरा लोके
तरकारी किन्न जाँदा
झ्याप्प बत्ती भए पछि
पिठो भनी लिटो जोखे
आलु भनी गिठो पो बोके
पसेलेले पनि
चिमचिम मोबाइल बालेछ
केराउ भन्दै
एक धार्नी खुर्सानी हालेछ ।
फेरि एक दिन
साथीभाइको भेटघाटमा
अबेरसम्म खानपिनमा बसेछन्
राती आउँदा
लोडसेडिङमा फसेछन्
कुन ढुङ्गो कुन माटो
कुन ढल कुन बाटो
थाह नपाउँदा
बिचरा लोके
झ्याम्म ढलैमा खसेछन्
बाबाले खरानी लगाको जस्तो
ढलमल सबै जिउ भरी घसेछन् ।

अर्को दिन फेरि
घर आउँदा
झ्याप्प बत्ती गएपछि
आफ्नै घर ठानी
छिमेकीको फ्ल्याटमा पसेछन्
घरकी बुढी ठानी
परकीलाई च्याप्प अँगालोमा कसेछन्
बिचरा जबरजस्ती
गर्यो भनी झन्नै फसेछन् ।

त्यस्तै
एक दिन मिर्मिरेमा
गाईगोठमा गएछन्
सुमसुमाउँदै बस्तुलाई
फाँचो मिची मिची पानीले धोएछन्
जति तान्दा पनि दुध नआउने
पछि पो थाहा भयो मित्रले
गाई भनेको त गोरु पो दोएछन् ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
बाको श्राद्ध

बाको श्राद्ध

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x