प्रेम ओली ढकलपुरेलोड़सेडिङमा मित्र लोके
एक दिन
मेरा मित्र लोके
खाना बनाउन भनी
भान्सामा पसेछन्
भाँडाकुँडा आँफै धसेछन्
झ्याप्प बत्ती गए पछि
बेसार भनी खुर्सानी ठोके
नुन भनी बेस्सरी
तरकारीमा चिनी पो पोखे ।
अर्को दिन
बिचरा लोके
तरकारी किन्न जाँदा
झ्याप्प बत्ती भए पछि
पिठो भनी लिटो जोखे
आलु भनी गिठो पो बोके
पसेलेले पनि
चिमचिम मोबाइल बालेछ
केराउ भन्दै
एक धार्नी खुर्सानी हालेछ ।
फेरि एक दिन
साथीभाइको भेटघाटमा
अबेरसम्म खानपिनमा बसेछन्
राती आउँदा
लोडसेडिङमा फसेछन्
कुन ढुङ्गो कुन माटो
कुन ढल कुन बाटो
थाह नपाउँदा
बिचरा लोके
झ्याम्म ढलैमा खसेछन्
बाबाले खरानी लगाको जस्तो
ढलमल सबै जिउ भरी घसेछन् ।
अर्को दिन फेरि
घर आउँदा
झ्याप्प बत्ती गएपछि
आफ्नै घर ठानी
छिमेकीको फ्ल्याटमा पसेछन्
घरकी बुढी ठानी
परकीलाई च्याप्प अँगालोमा कसेछन्
बिचरा जबरजस्ती
गर्यो भनी झन्नै फसेछन् ।
त्यस्तै
एक दिन मिर्मिरेमा
गाईगोठमा गएछन्
सुमसुमाउँदै बस्तुलाई
फाँचो मिची मिची पानीले धोएछन्
जति तान्दा पनि दुध नआउने
पछि पो थाहा भयो मित्रले
गाई भनेको त गोरु पो दोएछन् ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































