साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविताको पोस्टमार्टम

Nepal Telecom ad

हिजो
मैले रोपेका गुनकेशरी
आज तिम्रो फूलबारीमा कसरी फुले ?

सुगन्ध खोज्ने लहडमै मैले
रग्ताम्य हातहरू छाम्दै
थुप्रै पटक
डम्फर अररीकाँडासँग कर्कश बोलेको छु

मेलै सदैर्नथ्यो
र पनि खनेको छु मैले
खडेरीमा बाँझो बारी
आगोवाट आगो छुट्याउँदै
तौली तौली लिएको छु
आगोका फूलहरू हातमा
यसै मेसोमा विसौँ पटक
मेटेको छु लेखेर जिन्दगीलाई

लेख्दालेख्दै वर्तन सकिएपछि
आफ्नै शरीर खोपेर बनाएँ रगतको इनार
र उभ्याएँ रहरका अनुच्छेदहरू
कैयौँ साँझहरू त निदाएको अभिनय गरी
त्यसै टारिदिएको छु, छोराछोरीका दुई चार छाक
कविता लेख्नै भनेर
आँखाको नायल रोकेर
भरेको छु जीवनका हरफहरू

हरेक उत्सवहरूमा
मझेरीबाटै हिँड्छ हतारको बिहान
आफ्नै पारामा उड्नु नि यो पश्चिमी वायु
हाँस्छ मेरै पारामा
रुन्छ मेरै पारामा
हातमा फोटोकपि मेसिन बोकेर
किन मेरै सगरमाथाको नक्कल गर्नु परेको ?
मेरो गम्भीरता अलि भिन्नै छ
किन बुझ्दैन उसले ?

चारो खाँदै गरेका चल्लाहरू चिलले झम्टा मारे झैँ
ऊ आक्रामक छ हिजो आज
बोल्दाबोल्दैको आवाजसम्म टिप्न खोज्छ
यस्तै यस्तै पीडाले गर्दा
गुँड भत्किएपछि अल्मिलिएका बचेरा झैँ
अन्यौल हुन मेरा नानीहरू
हेर्दाहेर्दै अँगेनाको माउ अगुल्टो हराउँदैछ
छिमेकी रिसाउँछ भनौँ भने
नभनौँ त ऊ मेरो आङको घाम टिपेर
आफ्नो आँगनमा थरिथरि बिस्कुन फिजाउँछ
मैले देख्ने गरी बार्दलीमा लुगा सुकाउँछ
हिजो आज
उसको अँगेनाको आगो
किन दुरुस्तै मेरी छोरीको आवाजमा भरभराउँछ ?

सक्छौ भने लैजाऊ यो पनि
मभित्र अझै सुन्दर आगोको फूलबारी बाँकी नै छ ।

‘गरिमा’ भदौ २०७०

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
घर

घर

तारा पराजुली
बुबा र ईश्वर

बुबा र ईश्वर

तारा पराजुली
हिउँदको गीत

हिउँदको गीत

तारा पराजुली
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
बोको

बोको

डा. विप्लव ढकाल
0
Would love your thoughts, please comment.x
()
x