साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फुलमतीको तकियामुनि

Nepal Telecom ad

फुलमतीको तकियामुनि
मैले मेरो बाबुको नाम भेटेँ !
मलाई स्कुलमा पढाउने
श्रद्धेय गुरुको नाम भेटेँ !

मलाई बल्ल थाहा भयो—
मेरो बाबु अचेल किन
ऐना मात्र हेर्नुहुन्छ
र माछाको टाउको खानुहुन्छ ?
किन हरायो आमाको मङ्गलसूत्र
र स्कुलबाट काटियो मेरो नाम ?

म बुझ्दै छु—
किन मेरो बाबुको अफिसमा
राति अबेरसम्म मिटिङ हुन्छ
र भान्छाकोठामा
झोक्राइरहनुहुन्छ आमा ?

किन यार्सागुम्बाझैँ
आधा झार
र आधा किरा जस्तो देख्छु
बाबुको जिन्दगी ?

स्कुलमा अचेल
गुरु किन जोक भन्नुहुन्न
र कुर्र्सीमा बसेर उँघिरहनुहुन्छ ?
म बुझ्दै छु—
गुरु किन अचेल
रामायण र महाभारतका
नीतिकथाहरू मात्र भन्नुहुन्छ ?

मेरी आमालाई थाहा छैन—
बाबुको कोटमा अल्झिएको
कपाल कसको हो
र केको सुगन्ध आइरहेछ
उहाँको शरीरबाट ?
मेरा साथीहरूलाई थाहा छैन—
गुरुको कलरमा लागेको
दाग केको हो ?
र किन हराउँदै छ मुस्कान
उहाँको ओठबाट ?

कसैलाई थाहा छैन—
फुलमतीको तकियामुनि
कसकसका नामहरू भेटिन्छन् ?
तर मलाई थाहा छ—
बाबु र गुरु त भगवान् हुन्
दुवै महान् र पूजनीय छन्
दुवैले मलाई एउटै सत्य सिकाउँछन्
र एउटै सुगन्ध आउँछ
हाम्रो शरीरबाट !

फुलमतीको तकियामुनि
मैले मेरो बाबुको नाम भेटेँ !
मलाई स्कुलमा पढाउने
श्रद्धेय गुरुको नाम भेटेँ !
अन्तिम हरफमा खोज्दै जाँदा
मैले मेरो आफ्नै नाम भेटेँ … !!

(यो कवितासमेत सङ्गृहित ढकालको कवितासङ्ग्रह ‘च्याउको जङ्गल’ गत वैशाख १ गते बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा सार्वजनिक गरियो ।)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x