साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सन्दर्भ कविता– आमा

Nepal Telecom ad

हे आमा कति कष्टसाथ महिनौं राखेर त्यो गर्भमा
मेरो जन्म दियौ र मानव बनी आएँ म भू स्वर्गमा
पेटैमा कति दुःखले जतनले राख्यौ मलाई हकि !
हे आमा कति धन्य छौ कति अहो मेरो दियौ जिन्दगी !

जाडोमा कर लाइलाइ कपडा दिन्थ्यौ लगाई तिमी
भोकै हुन्छु भनेर बाहु–बलले दिन्थ्यौ खुवाई तिमी
हुर्कायौ कति गर्वले रहरले कस्तो पियारो गरी
राख्यौ हर्दम काखमा हृदयमा वात्सल्य माया भरी ।

मैंले बोल्न सिकें जसै कनिकुथी ‘आमा’ र ‘बाबा’ भनी
आमा बा पछि नै सिकेँ जति सिकेँ सिक्दैछु ऐले पनि
मीठो बोल्न सिकेँ तिमीसित मिठो पापा कि पापा भनी
राम्रो बोल्न सिकेँ तिमीसित सधैं नाना कि नाना भनी ।

जे बोले पनि त्यो सुनेर जननी मख्खै तिमी पर्दथ्यौ
आफ्ना मित्र छिमेकका घर गई मेरै कुरा गर्दथ्यौ
हाँस्थ्यौ हाँस्न सिकाउँथ्यौ र त अझै हाँसीरहेको छु म
तिम्रै स्नेह र प्यारले त जननी बाँचीरहेको छु म ।

सानोमा नुनु गर्दथेँ बुबु चुसी आनन्द मानीकन
तिम्रै काख बसेर रातदिन नै हुर्क्यो बढ्यो जीवन
मैंले हिंड्न सिकें तिमीसित जसै छोडेर टाढा गएँ
निस्वार्थी जननी भए पनि म ता स्वार्थी घमण्डी भएँ ।

ऐले सात समुन्द्रपारि छु यता भैरा’छ बिर्से सरि
फोटोमा मुख हेर्छु दूर छु भलै बिर्सन्न कस्तै गरी
के त्यस्तो उपहार हुन्छ र दिऊँ आमा तिमीलाइ म ?
बिन्ती गर्छु मलाइ माफ गर है यै शब्द अर्पन्छु म ।

दुधपोखरी, लम्जुङ हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

फित्काैली डटकम
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x