साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता महिमा

Nepal Telecom ad

नाम थर वतन र धर्म पनि नेता ।
काम मेरो पेन्डुलम गर्छु यता उता ।।

भ्रष्टाचारी बलात्कारी अत्याचारी हत्यारा ।
अगिपछि लगाई हिँड्छु तिनकै बनी सरदार ।।

ज्यूँदो जाग्दो आशलाग्दो ठानिदिन्छन् धन्ने ।
चरालेभैmँ नचिनेर बुख्याँचा हो भन्ने ।।

मेरा सङ्गतले मान्छे रहँदैन सचेत ।
मैले छोइदिए पछि हुन्छ देशै विचेत ।।

हल्लाइराख्छु भुलाइराख्छु नचाइराख्छु जनता ।
जुग जुग बिताइदिन्छु यसैगरी अनि त ।।

कालो कोट कालो चस्मा कालै मेरो फेटा ।
खाने दाँत सिवाय हुन्नन् केही सेता ।।

मासु मेरो प्रिय भोजन अझ बढी काँचो ।
व्रतखण्ड भए पनि बताइदिएँ साँचो ।।

जोरपाटी, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो देश कहाँ छ ?

त्यो देश कहाँ छ...

प्रकाशमणि दहाल
सलाम यो बुद्धिलाई

सलाम यो बुद्धिलाई

प्रकाशमणि दहाल
यो जिन्दगी खै के जिन्दगी ?

यो जिन्दगी खै के...

प्रकाशमणि दहाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x