साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उनीहरू !

Nepal Telecom ad

विदेशीहरूले किनिदिने भएपछि
लाज छोप्ने
फाटेका र टालेका, टालाटुलीहरू
काखीमा च्यपेर– बेच्न लाम लागेका
‘मान्छेहरू को हुन् ?’
मेरो देशमा
पटक पटक प्रश्न उठ्ने गर्छ
उत्तर खोज्न नियालेर हेर्दा
सधै उस्तै उस्तै अनुहार हुन्छ
चिनेपछि– भन्न त कहाँ मलाई सजिलो हुन्छ र !
तर
त्यस्तो लाममा बस्ने मानिस
पक्कै मेरो देशको ‘नेता’ हुन्छ ।
हामीलाई त अलिक लाज लाग्छ
लामबाट फर्केका नेताहरूलाइ भेट्ता
रङ्गिन भाषण र जिद्दीले लाज छोपेका, उनीहरू !
निर्वस्त्र भए पनि निर्वस्त्रकै बिरुद्धमा बोल्छन्
धन्य उनीहरू
खाँचो पर्यो भने
आफैंलाई बेचेर काम चलाउँछन्
संसदमा छन्
क्याबिनेटमा छन्
दलालीमा छन्
अरु अरु त भन्छन्
अपहरण र मानव तस्करीमा पनि छन्– उनीहरू !

चन्द्रगढी, झापा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
0
Would love your thoughts, please comment.x
()
x