साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घाउको आदत

Nepal Telecom ad

घाउ हो यो
नकोट्याऊ
थाक्न दिनुपर्छ यसलाई
निको हुन दिनुपर्छ,
तिमीले भने जस्तो
निको हुने भए आजको भोलि
घाउलाई कसले घाउ भनिरहन्थ्यो ?
थाहा हुनुपर्ने हो तिमीलाई
कति घाउहरूको आयु
लामो हुन्छ…
जीवनको भन्दा पनि
मृत्यु नै पखिर्नु पर्छ
निको हुन
कति घाउहरूले !
किन घाउ घाउ भनेर बर्बराउँछौ ?
किन घाउ घाउ भनेर घबराउँछौ ?
दुख्नु यहाँ
जीवनको स्वभाव भैसकेको छ
अनेक बहानामा
अनेक चाहनामा
खोंचमा जीवनको गहिराई खोजेर
अक्करमा जीवनको उचाई खोजेर
बालुवामा पानीको अर्थ खोजेर
मान्छे आखिर दुखिरहन्छ
ठोकिंदै हिंड्न खोजेर
साँगुरा गल्लीहरूमा,
तिमी
कोट्याई रहन्छौ आफ्नो घाउ
र दुख्यो भनिरहन्छौ ….,
तर मलाई थाहा छ
कि तिम्रो शैली
जीवन बिरुद्धकै भए पनि
एउटा नसा भएको छ मान्छेको
बाँच्ने प्रक्रियामा,
मलहम लगाउने बहानामा
म पनि कोट्याई रहेछु तिमीलाई
र भनिरहेछु…
“घाउ हो यो
नकोट्याऊ
थाक्न दिनु पर्छ यसलाई
निको हुन दिनुपर्छ ।”

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई चिन्नुभयो ?

मलाई चिन्नुभयो ?

मणि भट्टराई
मोजा

मोजा

मणि भट्टराई
निहत्था शहीद

निहत्था शहीद

मणि भट्टराई
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x