साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चूडाका चार चड्कन

Nepal Telecom ad

एक
लागेको थ्यो चुनावको घोषणा पत्र मूर्त थियो
नेता पछि लाग्ने विशाल जुलुश स्फूर्त थियो ।
जनतालाई बनाएर एक नम्वरको उल्लु पात्र
गयो कुर्ची ताक्दै भन्थे ऊ नै मान्छे धूर्त थियो ।

दुई
लाज नभाको दुष्ट अझै दाईजो माग्छ
केटी हैन सुकन्या सम्पति पो ताक्छ ।
कता गयो मानवता कता गयो ईज्जत
मगन्ते त्यो शर्म नभै हात पसारी थाप्छ ।

तिन
दुष्ट मान्छे ठान्छ पत्नीभन्दा सुन असल भनि
लाउँदा रैछन् बुहारीलाई आगो सासू नन्द पनि ।
कहिले होला मुक्ति पाउने यो देशका नारीहरू
गाड्दैछन् कसैले त आफ्नै सन्तान् खाल्डो खनि ।

चार
तिमी आयौ भनि कति खुशी भएँ तर
रात्रीमा कहिल्यै उज्यालो देखिएन घर
खाली आँखा झिम्क्याएर भागी गयौ
हे विजुली ! तिमी साथ नभै गयौ पर ।

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x