साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जागिरको ओरेन्टेसन

Nepal Telecom ad

घुँडा धसेर पढेपछि
लिखितमा पास गरियो
अन्तरवार्ता दिएपछि
मौखिकमा पनि पास भइयो
त्यसपछि नियुक्ति पत्र बुझेर
जागिरको ओरेन्टेसनमा गइयो
कार्यक्रममा एउटा हाकिमले भने–
नेपालको जागिर तपाईंलाई थाहै छ
कति तलब खाइन्छ
त्यो तलबले सहरमा
घरभाडा बाहेक अरु के गर्न पाइन्छ ?
तपाईंले त सरकारी स्कुलमा पढ्नु भयो
अब छोराछोरीलाई त बोर्डिङ स्कुलै चाहिन्छ ।

त्यसैले तपाईंसँग
इमान जमान र नैतिकता छ भने पनि
अब टुकुचामा फाल्नुस्
त्यसको सट्टामा
चाकरी, भ्रष्टाचारीको जनै हाल्नुस्
त्यसपछि
दुईचार पैसो कमाउन थाल्नुस्
दुईचार बिटा हामीलाई पनि फाल्नुस्
यसो ग¥यो भने
तपाईंको सधैं दाहिना हुन्छ
हाम्रो आशिरवाद पाएपछि
तपाईंलाई कसले छुन्छ ?
बढ्ता इमानदारी देखाउनु भयो भने
सधैं सरुवा मात्र पाउनु हुन्छ
अरुको के कुरा
एक दिन तपाईंकै श्रीमती पनि
तपाईंकै बिरोधमा आउनुहुन्छ
जसरी हुन्छ हामी जस्तै
टन्न धन कमाउनु पर्छ
राजधानीमा एउटा
पाँचतारे घर बनाउनु पर्छ
माथिकाहरूलाई मनाउनु पर्छ
मान सम्मान बढुवा पुरस्कार
सबै आफैंले नै जमाउनु पर्छ ।

अर्का हाकिमले भने–
अब सुन्नुहोस् कसरी धन कमाउने
कमाउने धन्दाका बाटो कसरी बनाउने ?
सेवाग्राहीसँग सधैं
झर्केर बोल्नुस्
कडकेर बोल्नुस्
उनीहरू आउँदा
अर्कोतिर फर्केर बोल्नुस्
हतार छ भन्दै तर्केर बोल्नुस्
मान्छेहरूलाई यो टेबलबाट त्यो टेबल
त्यो टेबलबाट अर्को पनि टेबल पठाउनुस्
कहिले हाकिम छैन भनी बताउनुस्
उसको सानै गल्ती भेटे पनि
पूरै प्रकृयामा पुनः खटाउनुस्
त्यसपछि त
इन्द्रेको बाउ चन्द्रे पनि ग्वाँ गर्छ
हेर्नुस् न कसरी
घुँडा टेकेर तपाईंको अगाडि क्वाँ गर्छ ?
त्यसपछि त त्यो मान्छे भन्छ–
घुम्दा घुम्दा थाकेँ हजुर
कुनै मालिकलाई नभेटेपछि
एकदिनमा नै पाकेँ हजुर
यति घुमेको भए भगवान्लाई पनि भेट्थेँ
यत्रो बिन्ती गर्दा त भगवान्ले पनि टेर्थे
म त भोक लागेर मरेँ हजुर
अब भोलि नै आउँछु
खाजा खान होटेलतिर झरेँ हजुर
त्यसपछि तपाईं भन्नुस्–
भोक मलाई पनि लाग्या’छ
भोग त हाकिमलाई पनि लाग्या’छ
हाम्रो खाजाको लागि
दश पन्ध्र हजार दिनुस्
त्यसो भयो भने
तपाईंको कागजात आजै बनाएर लिनुस्
उसलाई भन्नुस्
लामो बाटो हिँडनु भाथ्यो
छोटो बाटो देखाईद्या छु
कुरो गोप्य राख्नुहोला
चोरबाटो सिकाईद्या छु ।

अन्तमा चौथो हाकीमले भने–
लिखित जाँच पास गर्नु भयो
अन्तरवार्ता पनि पास गर्नु भयो
अब जागिरको जाँच पास गर्नुपर्छ
तपाईंको सोच र शैलीमा पनि
ठ्याक्कै हामै्र जस्तै सद्बुद्धिले बास गर्नुपर्छ ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x