साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मामा ! मेरो बिन्ती

Nepal Telecom ad

मामा, म धनुषटङ्कार गर्दै ‘मावल्’ भित्र पसेँ भने,
‘मर्जी होस्’ भन्दै कुरा सुरु गरेँ भने,
‘गुनगानको महात्म्य’ पाठ गर्न थालेँ भने,
मलाई कोठामा पस्नै नदिनोस् ल !

मामा, मैले आकाश पाताल जोड्दै स्व–विज्ञापन गरे,
आफू ज्ञान र सीपको भन्डार नै भएको बखान गरे,
अरुको कुरा काट्दै ‘दाउको’ छुरा रोप्न खोजे,
मलाई सोफामा बस्नै नदिनोस् ल !

मामा ! मैले ‘मर्जी होस्’ को सट्टा ‘गर्नुहोस्’ भनेर औंला ठड्याएँ भने,
‘मैले के पाउँछु’ भन्दा ‘मैले के दिन्छु’ भन्ने हेक्का राखेँ भने,
माइजूसँग ‘खास्खुस्’ भन्दा बरु तपाईंसँगै ‘ठाकठुक्’ गरेँ भने,
मलाई धाप मारेर ‘क्याबात्’ भन्नुहोला ल !

मामा ! मैले आफ्नोभन्दा अरुको कुराउठाएँ भने,
‘समस्याको सागर’ भन्दा ‘समाधानको औजार’ देखाएँ भने,
विदेशको ‘स्तुति’ भन्दा देशको चिन्ता दर्शाएँ भने,
फेरि धाप मारेर ‘भान्जा स्याबास्’ भन्नु होला ल !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x