प्रेम ओली ढकलपुरेस्यालको रजाइँ
घुस खान पाएपछि
खान्छन् एकै गाँसमा
दिउँसै सपना देखेका छन्
गोरु ब्याउने आसमा ।
भ्रष्टाचार गरेका छन्
गाईले खाने घाँसमा
ध्वाले त्वाले गन्ध आउछ
सँुघ्दा तिनको सासमा ।
चनाखो, चतुर हुनु पर्छ
रहँदा तिनको पासमा
चोरी चकारी गर्न सक्छन्
तिमीले दिएको बासमा ।
अस्मिता नै लुट्न सक्छन्
विश्वाश गर्दा खासमा
स्यालको रजाइँ गरेका छन्
मरेको त्यो लासमा ।
दाङ, हाल काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































