साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवको १४८ औँ शृङ्खला सम्पन्न

Nepal Telecom ad

काठमाडौं । ३१ जेठ २०७१/अभिनव साहित्य समाजको नियमित शृङ्खला अन्तर्गत १४८ औँ विशेष कविगोष्ठी जोरपाटीमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि प्रा. गोपिकृष्ण शर्मा हुनुहुन्थ्यो ।

कार्यक्रममा झापा भद्रपुरकी कवि जयन्ता पोखरेललाई तीन हजार नगद सहितको वर्षोत्कृष्ट गद्य कविता पुरस्कार अर्पण गरियो । चिरञ्जीवी दाहालद्वारा रचित ‘फूल अनेक माला एक’ नामक पुस्तक र साहित्यप्रधान पत्रिका अभिनवको अङ्क २३ वितरण गरिएको थियो ।

कविगोष्ठी अन्तर्गत भाग्यशाली अधिकारी, ठाकुर शर्मा, भुवन थापा, मानन्धर अभागी, डिल्ली दाहाल, रामचन्द्र, कणाद महर्षि, ब्रह्मप्रिय, प्रकाशमणि, बाजुराम पौडेल, मेनका पोखरेल, शारदा पराजुली, इन्दु, अशोक घिमिरे, राजेश चोछे उर्मिला पन्त, राजुराज स्वयं, एटम् विद्रोही, मिलन समीर, नारायण निरासी, प्रदीपरत्न शाक्य लगायत ३९ जना स्रष्टाहरू कविता वाचनमा सहभागी भएका थिए ।

प्रमुख अतिथिको आशनबाट प्रा. गोपिकृष्ण शर्माले गद्यय कविताको सैद्धान्तिक पक्षको विषयमा बोल्नुभएको थियो । यस शृङ्खलामा वाचित उत्कृष्ट पाँच सिर्जनाका पाँचजना स्रष्टा अशोक घिमिरे, राजुराज स्वयं, एटम् विद्रोही लगायतलाई पुरस्कृत गरिएको थियो ।

प्रस्तुत सिर्जनाको सङ्क्षिप्त समीक्षा परशुराम पराजुलीले गर्नुभएको थियो । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष वेदमणि घिमिरेले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x