साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सानुकान्छो फेल भएछ !

Nepal Telecom ad

स्कुलबाट भागी भागी
ऊ त गाई चराउन गएछ,
गृहकार्य थान्को लगाई ऊ
पर्म तिर्न पो गएछ,
रूटिन आइ पुगेपछि जाँचको
ऊ त भारी बोक्न शहरतिर गएछ
आज,
ढाँडको कुवा जस्ता उसकी आमाका आँखामा
भल्भली जरूवाको मूल फुटेछ,
बाजेको पालाको थोत्रिएको गुन्द्री झैं
उसका बाबुको निधारका चाउरी
अझै पोको परेर एकै थुप्रो भएछ,
किनकि आज,
उसका बाबु–आमासँगै
सानुकान्छो पनि फेल भएछ ।

खेतीपातीले थकित,
घर–ब्यबहारले व्यथित,
गाउँ–सदरमुकाम कुदाकुद्
कस्सिएका पिंडुला बजाउँदै
घण्टको रालो झैं लान्ठाङ्–लुन्ठुङ
भित्तामा बज्रिरिँदै गर्दा
बज्रिरियो आज बार्षिक चट्याङ
भाग्यको अभियुक्त, गुरु– मार्सापको टाउकोमा
भनुँ, उसले निलेको तलबी ट्याप्लेट
आज आफैं डायरिया बनेर निस्केको छ–
कम्प्युटर हुँदो, मोबाईल हुँदो
र, छयाप्छयाप्ती अखबारका पानाभरि
दुर्गन्ध फैलाउँदै
किनकि, पोहोर परार जस्तै
आज पनि ऊ जिल्ल भएछ
पोहोर ठूलीकान्छी फेल भए जस्तै
यसपाली सानुकान्छो पनि फेल भएछ !

शिक्षा र जिल्लाका ‘रामहरू’ जिल्लाराम पटक्कै छैनन्
किनकि, अनगिन्ति कान्छा–कान्छीहरू
सधैं झैं नै यसपाली पनि गुल्टिएका हुन्
न त ऊ असफल भएको हो
न त नतिजा नै झुर भएको हो
ऊ त ढुक्क छ–
उसले छरेको बीउ माफिक सबै अगाडि बढेकै छन्
ऊ त मख्ख छ–
आधाभन्दा अलिकति बढी न हुन् असफल कान्छा कान्छीहरू
बाँकी सबै ब्रोे–सिस्हरू सिंढी चढेकै छन्
बेफिक्री छ त्यसैले ऊ
र, सामान्य छलफल भएछ
किनकि, त्यै जाबो सानुकान्छो न फेल भएछ !

भारेभुरे– खुद्राखाद्री सबै तपशीलका हुन्
ठूल्ठूला कुराका लागि हुन् सरकार र संसद
बजेट छरेकै हो,
कागज मजाले भरेकै हो
अरू होओस् नै के दरकार !
हरि, धने, फुर्बा र अब्दूल होलान् असफल
ह्यारी, दिमित्री, नतासा र आन्द्रेइहरूले
विशिष्टाङ्क ठोकेकै छन्
मरिगए यो देश छैन असफल
न सरकार, न त संसद्
भुराभुरी पास फेल छारो बराबर हो
दिमाग किन खर्चने उच्च–मानवका
र, समय किन बर्बाद गर्ने तुच्छ विषयमा
खै त्यस्तो के नै भएको छ ?
जाबो त्यै सानुकान्छो न फेल भएको छ !

२०७१ जेठ काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x