साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भक्ति जप्न जपीसक्यौ

Nepal Telecom ad

स्वदेश स्वर्गजस्तै हो, नर्क हो परदेश ता
जहाँ संस्कार भासिन्छन्, मासिइन्छन् स्वसभ्यता ।
जान्दा जान्दै पनि हाम्रा, लाखौं युवा विदेशिए
नामधारी छ सर्कार, योजना नीति नै मरे ।।१।।

सत्ताको स्वादमा डुब्ने, पदका पगरी भिरी
सृष्टि–दृष्टि सबै शून्य, हल्लाकै लाउँछन् फिरी ।
केटाकेटी लुला—बुढा, अपाङ्गमाथि शासन
युवा—उर्जा लखेटेर, दरिलो हुन्छ आसन ? ।।२।।

जनता—जनता भन्दै, लुट्ने मेसो चलाउँछौ
जन—शासनको धाक, फोस्रो धोत्रो लगाउँछौ ।
बुद्धिशुद्धि दुबै मासी, नाशी राष्ट्रिय— अस्मिता
युवा रगत बेचेर, भत्कायौ निज सभ्यता ।।३।।

पूँजीवाद चल्यो भन्छौ, छैन उद्योग नै यहाँ
भिक्षावाद चलाएर, लुट्न माहीर छौ जहाँ ।
विधिकानुन के बन्ला, भागबन्डा छ दैनिकी
ढुकुटी सुकुटी पार्यौ, ओखती—सोखती कती ? ।।४।।

राणा शाहहरू भन्दा, जन्डा छौ भ्रष्ट—कायर
मौनता तोड ए योद्धा, क्रान्तिको गर फायर ।
गूट फूट सधैं लूट, खप्नसम्म खपीसक्यौ ।
मुर्दा बनेर के बाच्ने ? तिम्रा भक्ति जपी सक्यौ ।।५।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x