हरि खनालहाकिम साहेब जिन्दावाद !
ठूलाको जय गाउने र चाकडीमा निहुरिमुन्टी न भएर धाउने हाम्रो चलन नै हो । चलनलाई नमान्दा ठूलाहरूलाई जलन हुन्छ र त्यो जलनले हामीजस्ता निमुखाहरूलार्ई दलन गरिदिन्छ । आज म तपाइँहरूसँग हाम्रो हाकिम साहेबको जय गान सुनाउँछु, यो जयगान सुन्दा तपाईंंहरू पनि पुलकित हुनुहुनेछ ।
तीन त्रिलोक र चौधभुवनका अन्तरकुन्तरसम्म खोज्दा पनि नपाइने अद्वितीय पुरुष छन् हाम्रा हाकिम साहेब । लौकाजत्रो नाक, भकारीजत्रो चाक भएका उनका बल्ढेङ्ग्राजस्ता आँखा सधैं भट्टीबाट भुल्कने महापुरुषहरूकाजस्तो राता राता छन् । अँगारजस्ता छाला, भोगटेजत्रा गाला, कुभिण्डे गर्धन र दुम्सीकाँडे कपाल भएका हाम्रा हाकिम साहेब हिँड्दा भुँडी अघि लाग्छ । हाकिमसाहेबको स्वरमा पनि यति जोर छ कि चोरकोसमेत सातो जान्छ । सारुँचरो झुक्किएर आफ्नो बथान त्यतै भएजस्तो ठान्दछ । यस्ता रूप र गुणले सम्पन्न हाकिम साहेबको वर्णन गर्न हजार जिब्रा भएका चम्चागिरी र दैनिक वरिपरि बसेर उनको छाद देखि पादसम्म सुँघ्ने चाकडबाजको त बाह्र बज्छ भने मजस्तो ग श्रेणीको उपासकको के जोर चल्ला ? एकाह लगाउँदा रुद्री पाठ गर्ने बाठा बाहुनको शैली समातेर भएपनि म उहाँको गौरवगाथा सुनाउने धृष्टता गरिरहेको छु ।
भक्ति गरे शक्ति मिल्छ, शक्ति मिले ऐश्वर्य प्राप्ति हुन्छ भन्ने उहाँको गायत्री मन्त्र नै हो । यस मन्त्रका कुशल साधक हाम्रा हाकिम साहेब महिनामा सात दिनजति कार्यालयमा बस्नुहुन्छ, पन्ध्र दिनजति माथिल्ला तहका हाकिमहरूकहाँ हजुर र गजुर चढाउन बिताउनुहुन्छ । बोरामा चामल, झोलामा माछा र बजारमै खरिद गरेको भएपनि गाउँको शुध्द घ्यु भनेर ठूलाको सामुन्नेमा ज्यू गर्न सके उन्नतिको बाटो खुल्छ उहाँ जुँगा मुसार्दै भन्नुहुन्छ । हाकिम साहेब बाँकी पन्ध्र दिन घरकाजमा बिताउनुहुन्छ, महिनाको अन्ततिर कार्यालयमा आउनुहुन्छ र घरकाजको टिएडिए एकमुष्ठ झ्वाम पार्नुहुन्छ । कार्यालयका स्टाफहरूसँग पैसा बटुलेर खोयाबिर्के र घैंटे कार्यक्रमको आयोजना गर्नुहुन्छ । खाँदाखाँदै कराउनुहुन्छ, कहीलेकाहीँ आफ्नै छायाँ देखेर पनि डराउनु हुन्छ । अर्कालाई झिझाउनुहुन्छ, नसाको जोसमै सुरुवाल पनि भिजाउनुहुन्छ । कहीले केटीका कुरा झिक्नुहुन्छ त कहीले भेटीका कुरामा प्रवचन दिनुहुन्छ ।
हाकिमसाहेब खाँटी राष्ट्रसेवक हुनुहुन्छ । ठूलाबडाको तोक र सिफारिस नलिइ आउने बबुराहरूको झ्याँको झार्नुहुन्छ, आज हुने कामलाई भोलिभोलि भनी टार्नु हुन्छ । बिरालोले मुसो खेलाए भैंm पार्नुहुन्छ र हतपत कुरा नबुझ्ने हरिलट्ठकलाई गपैmगफले झार्नुहुन्छ । हाकिम साहेब रिसाउनु पनि हुन्छ, रिसलाई स्टाफसँग बढ्ता बिसाउनुहुन्छ । झोक्किदै कागजपत्र हावामा हु¥याउनुहुन्छ,आँखा हल्लाएर कानको छेउमा पु¥याउनुहुन्छ । हेराइ पनि गजबको छ हाकिम साहेबको । उहाँ रमाउँदा चस्माको माथिल्लो भागबाट चियाउनुहुन्छ र रिसाउँदा चस्माका तल्लो भागबाट दृष्टि छिराउनुहुन्छ ।
हाकिमसाहेब आफ्ना आसेपासे र बतासेहरूसँग हिमाल खुलेभैंm खुल्नुहुन्छ, शक्तिको सामुन्नेमा लम्पसार पर्नुहुन्छ । नेताको सामुन्नेमा गरुढको अघि परेको सर्पभैंm हुनुहुन्छ । पटकपटक नेताजीहरूको पाउ छुनुहुन्छ । कार्यालयभित्र छिर्नै नपाइ चिसोतातोले स्वागत गर्नुहुन्छ ।
उहाँ निकै रसिक हुनुहुन्छ । चिटिक्क परेका सुन्दरीहरूसँग गफगाफ गर्न पाउनुभयो भने आफैंलाई पनि बिर्सनुहुन्छ । पटकपटक आँखाको चस्मा झिकेर टेबिलमा राख्नुहुन्छ, आफ्नो दुम्सीकाँडे कपाललाई पटकपटक सुमसुम्याउनुहुन्छ । हाँस्नै नपर्ने खालका शब्दमा पनि जबर्जस्ती हाँस्नुहुन्छ । सुन्दरीहरूसँग कुरा गर्ने उहाँको शैली नै बजोडको छ । उहाँ कुम हल्लाउनुहुन्छ र परेलीहरू नचाउनुहुन्छ । लैलामजनुदेखि कामसूत्रसम्मका सिनेमाहरूको कहानी कोट्याउँदै मख्ख पारिदिनुहुन्छ । भेट्न आउनेजति कसैलाई श्रीदेवीजस्ती, कसैलाई करिश्माजस्ती त कसैलाई हेमामालिनीजस्ती भनेर फुरुङ्ग पारिदिनुहुन्छ । कहीलेकाहिँ त उहाँको निवासमा परीहरूको झरी पनि पर्दछ ।
हाकिम साहेब चढ्ने गाडी गुडेर पनि बिग्रेकै हुन्छ र बिग्रेर पनि गुडेकै हुन्छ । तीस दिनमा एकतीस पल्ट गाडी बिग्रेको गुनासो गर्नुहुन्छ । वर्कशपबाट बिल मर्मत गरेर हाकिम साहेब खल्तीमा चल्तीको बिल राख्नुहुन्छ र भुक्तानी लिनुहुन्छ ।
बिजुलीपानीको नसा चढेको बेला उहाँ देशको पनि चिन्ता गर्नुहुन्छ र वेशको पनि कुरा गर्नुहुन्छ । आपूmजस्ता राष्ट्रसेवक नभएर देश बिग्रेको गुनासो गर्नुहुन्छ । हिजो साँझको बसाई अभैm स्मरणीय र≈यो ।
उहाँको कार्यकक्षमा बोतलको खात थियो । खात लगाइदिनेहरूले उहाँसँग काम लिएर आफ्नो धाममा गइसकेका थिए । खातैखातको उचित व्यवस्थापन गर्नु थियो हाकिम साहेबको । बस हाम्रो सायमकालीन बैठक बसिहाल्यो । बोतलको नशाले थिचिएको बेलामा हाकिम साहेबले खुलेर आप्mना कथाबेथा राख्नु भयो ।
“मेरो एक वर्षको कार्यसम्पादन मूल्याङ्कनमा एक नम्बर घटी दिएर हाकिम बन्नबाट घोक्रेठ्याक लगाउन लागेको कुरा बेलैमा थाहा पाएँ । आम्मा मा मा कम्ता दौडधुप गरें, कम्ता खर्च गरें, त्यस वर्षको मूल्याङ्कन झिकेर नयाँ पूरा अङ्क हाल्न लगाउँदा मेरो एक विगाह खेत चट भएको छ, घरमा ठूलो खटपट भएको छ । यसलाई झटपट नमिलाए घरका अरिँगालले टोक्छन्, यसो मास्तिर गयो आसेपासेले खोक्छन् । यस्तो कठिन बेलामा पनि तपाइँहरूले मलाई सघाउनुभयो । अब त एक बिगाहलाई सल्टाइसकें, सारा समस्याहरू पल्टाइसकें । लौ साथी हो ! यसपालीको सरुवामा म अब भन्सारमा जाने पक्का पक्कीभइसकेको छ । मन्त्री पनि पोजेटिभ, ट्रेड युनियन पनि पोजिटिभ । यसमा प्रिपेडको काम पनि भइसकेको छ । भन्सारमा त पुगूँ म संसार घुम्नेछु । त्यतिबेला तिमीहरूजस्ता साथीभाइ आउँदा यो भन्दा राम्रो बिदेशी ब्राण्ड लडाइदिनेछु, हा हा हा !!” हाकिम साहेब बेजोडले हाँसे ।
नसाको झट्कामा लट्ठिएका हामी एकसाथ खुसीले चिच्यायौं– हाम्रो हाकिम साहेब जिन्दावाद !!
धादिङ
Subscribe
Login
0 Comments
Oldest








































