डा. बमबहादुर जितालीयता न उता
मिल्यो खाने मौका डलर अनि यो नोट हरियो
गरी सेवा आफ्ना जति मनुजको दुःख हरियो ।
बनी ठूलो नेता जन–हित हुने काम गरियो
सधैँ मौका पारी लटपट गरी खाम भरियो ।।
कुरा यस्ता सुन्दा भवन भरका बालक उठे
कतै नेतालाई कुटपिट गरी इज्जत लुटे–
भने कुर्सी छोड्दे ! तर पनि लिसो लाग्दछ हरे
सबै भोका बच्चा अबुझ शठदेखी छक परे ।।
बिना घुम्ने कुर्सी म अब कसरी बस्न सकुँला
बरू प्राणै जाओस् यमपुरमहाँ जान सहुँला–
भनी नेता बोल्दा अलिकति झ¥यो पान–मसला
सबै खाऊँ भन्छन् जन–रस चुसी मांस असला ।।
गयो सत्ता भत्ता, सुख शयल वा मोज हरियो
खिचातानी गर्दा झन तल गिरी बीच परियो !
कहाँ पाऊँ त्यस्तो भुटन, पकुवा भोज गतिलो
भनी रुन्छन् कावा घुटुघुटु निली थूक रसिलो ।।
थियो बेला हाम्रो, जुन बखतमा गर्नु गरियो
नछोपी मौका त्यो प्रचलित भुँडी भर्नु भरियो–
सधैँ खाँदा–खाँदा मुलुक चुसियो दङ्ग परियो
हिजै हाम्रो यस्तो समझ नहुँदा झट्ट झरियो ।।
कहाँ भागे होलान् अघि र पछिका चञ्चल परी ?
कता लागे होलान् मम र चमचा देख्तिन हरि !
बन्यौँ हामी नामी कुकुरसरिका किच्चक पनि
भनी खोक्छन् नेता म अब कसरी हुन्छु र धनी !!
लमजुङ
Subscribe
Login
0 Comments
Oldest







































