साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यता न उता

Nepal Telecom ad

मिल्यो खाने मौका डलर अनि यो नोट हरियो
गरी सेवा आफ्ना जति मनुजको दुःख हरियो ।
बनी ठूलो नेता जन–हित हुने काम गरियो
सधैँ मौका पारी लटपट गरी खाम भरियो ।।

कुरा यस्ता सुन्दा भवन भरका बालक उठे
कतै नेतालाई कुटपिट गरी इज्जत लुटे–
भने कुर्सी छोड्दे ! तर पनि लिसो लाग्दछ हरे
सबै भोका बच्चा अबुझ शठदेखी छक परे ।।

बिना घुम्ने कुर्सी म अब कसरी बस्न सकुँला
बरू प्राणै जाओस् यमपुरमहाँ जान सहुँला–
भनी नेता बोल्दा अलिकति झ¥यो पान–मसला
सबै खाऊँ भन्छन् जन–रस चुसी मांस असला ।।

गयो सत्ता भत्ता, सुख शयल वा मोज हरियो
खिचातानी गर्दा झन तल गिरी बीच परियो !
कहाँ पाऊँ त्यस्तो भुटन, पकुवा भोज गतिलो
भनी रुन्छन् कावा घुटुघुटु निली थूक रसिलो ।।

थियो बेला हाम्रो, जुन बखतमा गर्नु गरियो
नछोपी मौका त्यो प्रचलित भुँडी भर्नु भरियो–
सधैँ खाँदा–खाँदा मुलुक चुसियो दङ्ग परियो
हिजै हाम्रो यस्तो समझ नहुँदा झट्ट झरियो ।।

कहाँ भागे होलान् अघि र पछिका चञ्चल परी ?
कता लागे होलान् मम र चमचा देख्तिन हरि !
बन्यौँ हामी नामी कुकुरसरिका किच्चक पनि
भनी खोक्छन् नेता म अब कसरी हुन्छु र धनी !!

लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सक्छ को गीत बिर्सन ?

सक्छ को गीत बिर्सन...

डा. बमबहादुर जिताली
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
तमासा

तमासा

डा. बमबहादुर जिताली
बाँदर्नी मैयाँ र ढेडुको तमासा

बाँदर्नी मैयाँ र ढेडुको...

डा. बमबहादुर जिताली
हालको बेहाल

हालको बेहाल

डा. बमबहादुर जिताली
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x