साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कलीयुगको रामायण

Nepal Telecom ad

एक दिन नारद
सत्यलोकबाट
मृत्यलोक आया
दशरथ पुत्रलाई खै किन
रोइरहेको पाया
के भो प्रभु भनी नारदले सोध्या
घरी यता घरी उता रामले
कै नबोली खै के खोज्या
नारदले के भो छ भनी
अन्तरध्यानले हे¥या
सीताको हालत देखी नारदजी
ति तीन छक्क प¥या
यसपाली त सीताजीलाई
गब्बरले पो उठाई लग्याको
नाचिनन भनी सिताजीलाई
कोर्राले चुट्नु कति सक्याको
रामजी फेरि पनि, अन्यायमा प¥या
नारदजीले फटाफट कुछ काम ग¥या
मुद्घा हाल्ने भनी नारदजी अदालत पुग्या
गब्बरका गुन्डाले उनलाई, बाटोमा ढुक्या
बिचरा नारदलाई कुटनसम्म कुट्या
कुटन्याहरू भोलिपल्टै झेलबाट छुट्या ।

टिक्न नसकी नारदजी स्वर्गतिर भाग्या
रामजीको लागी भनी बलमदत माग्या
बदला लिन्या भनी इन्द्रजी जोसले जाग्या
केही सेना लेइ फटाफट मृत्युलोक लाग्या
मिसाइल र रकेटाँ छन् गब्बरका हातमा
धनुसबाण मात्र बिचरा नाथका साथमा
गब्बरहरूलाई देखी इन्द्रजी हच्क्या
लडदै नलडि लडाई स्वर्गतिर फच्क्या
इन्द्रजी फेरी बिष्णुलाई लेइ फक्र्या
बिष्णुजी पनि नलडी अर्कैतिर लक्र्या
सेना छोडी इन्द्रजी स्वर्गतिर गक्र्या
आउला कि मिसाइल भनी तोडले तक्र्या ।

एकदिन सिताजी
कम्पु कराँते देखाउँदै
त्यो पन्जाबाट भागिन्
कालीको रुप लिइ यिनले
लडाइँ नै हाँकिन्
गब्बर कालिया सबले
एक एक गरी हा¥या
काली, दुर्गाले युद्घ जिती
सबलाई छक्क पा¥या ।

सुर असुर सब आज
काली देखी डराउँछन्
भित्र भित्र उफ्रे पनि
मुखमा खुब सह्राउँछन् ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x