मुक्तिनाथ शर्माघुस खान नपाएको मन्त्रीजस्तै
मिश्रमामासँगको सम्बन्ध अनौठो भएको हो । ऊ नआउँदा कता कता आए हुन्थ्यो भने जस्तो हुने आउँदा पनि कताकता असभ्य व्यक्तित्वको संगत गरियो कि जस्तो आभाष वा हिनताबोध जस्तो हुने । बडो दोधारमा थियौं हामी अर्थात म र मेरी श्रीमती । यस्तोे भएपनि उनको आगमनको पक्षमा नै हाम्रो मन लहसिएकै हो । किन भने जे भएपनि हाँस्नु त थियो थियो हामीलाई ।
एक दिन मिश्रमामा बिहानै टुप्लुक्क टुपुल्किनु भयो । मेरी श्रीमती मलाई हेरेर मुसुक्क मुस्कुराइन । श्रीमती त्यसरी मुस्कुराउँदा मलाई ठूलो आनन्द हुन गएको हो । किनभने हामी एक्लै हुदा ऊ यसरी मुस्कुराउन्नन तसर्थ गएर च्याप्प अँगालोमा बेरेर चुप्प चुप्प म्वाइ खाउँ जस्तो पनि नभएको होइन । म नजिक जान खोज्दा खोज्दै उनले मलाई हप्काए जस्तै गरिन् र मामातिर हेरेर मुस्कुराइन् । अनि मलाई मामा आएको सङ्केत गरिन् । मैले मामातिर हेर्दा नहेर्दै मामाका मुखबाट निस्क्यो “दिदा नखाने भोक लाग्यो भनेर कुँडै पनि हसुर्ने ?”
के प्रसङ्गमा यस्ता कुरा आएका हुन बुझ्न सकिएन । एउटा मनले त भनेको हो कतै मामाको..त खुस्केन ? मैले जवाफ खोज्न नपाउँदै चिया नास्ता आयो त्यता सरीक भएपछि मैले अघि भनेको कुरा खुलस्त गर्न भने । मामाले भन्नुभयो “त्यो एउटा रमाइलो घटना हो । अहिले त्यो घटना कथा जस्तै भएको छ ।
कस्तो कथा होला भनेर म र मेरी श्रीमती सुन्न लालायित भयौं । हामी मामाकोमुख हेरेर एउटा जिज्ञासु छात्र झैं हेरेकाहे¥यै भएका थियौं । मिश्रमामाले बुझ्नु भो हाम्रा कुरा । मामालाई पनि रमाइलो लाग्यो होला मिश्रमामा बनाइ बनाइ कथा भन्न थाल्नुभयो । हाम्रो गाउँमा एउटा केटो थियो खाने बेलामा झगडा गरेर हैरान पार्ने आमा बाबुलाई । खानै नमान्ने । सधै फकाइ फकाइ ख्वाउन पर्ने । एक दिन अति गरेछ खाना खान्न भनेर । बाबुआमाले सल्लाह गरेछन् आज नखाए नखाइरहोस् नफकाउने । के गर्दो रहेछ हेर्ने ।
केटो खाना नखाइ बस्यो । अरुले खाए । भान्छा सिद्धियो । राती केटालाई भोकले सताएछ । ऊm के गरुँ कसो गरु कता गएर चरुँ जस्तो भएछ । ऊ त घुस खान नपाएको मन्त्री जस्तै उठेर भान्छामा गयो, खाना खोज्न थाल्यो । खाना केही पनि बाँकी रहेको थिएन । उसको भाग खाना पनि फोहोर फाल्ने भाँडो अर्थात रहल पहल खाना, अरुले खाँदा पोखिएको र भाँडाको लतपत जम्मा गर्ने र गाइभैसीलाई दिने कुडोमा मिसाउने भनेर जम्मा गरिने गरेको ताउलोमा सालिुकिएको रहेछ । उसले निहाल्यो । त्यहा पानीमा मिसिएको भात तथा ढिडो मासुका हड्डी आलुका बोक्रा आदि फोहोर फाहर रहेछ । उसले त्यै ढिडो भात पानी निचार्दै खादै गर्न थाल्यो । यसो गर्दा उसकी आमाले देखिछन् ।
आमाले भनिन ‘लौन नि ! यसले कुडो खायो । के गरेको होला यस्तो ? यस्तो फोहोर पनि खान हुन्छ ? छि छि छि । थुइक्क !’
केटाले भन्यो “भोक लाग्यो खाएँ बजाएँ ।”
कथा यत्ति हो भाञ्जा ! त्यो केटो अझै छ । भोक लागेपछि मीठो नमीठो सफा सुघ्घर सबै बराबर हुदो रहेछ । भोक नलाग्दा सम्म मात्र घुक्र्याइने रहेछ । मामाले भनेपछि मैले मामाका मुखमा क्वार क्वार्ति हेरें । मामा मुसुक्क मुस्कुराउनुभो ।
मैले भने “केटो अहिले त जवान भयो होला हैन त मामा !
मेरा कुरा सुनेर मामा खित्का छाडेरै हास्नु भो र भन्नुभो आफै बुझे बेस ।
कुरामा कुरा रहेछ, यो कुरा रहस्यपूर्ण हुनुपर्दछ जस्तो लागेर मैले भने “यसमा राजनीति पनि मिसिएको छ कि ?”
मामाले भन्नुभयो “राजनीति छ छैन थाहा छैन । राजनीतिको बिम्ब भने अवस्य हुनुपर्दछ । यहाँ भित्र खोज्नुपर्दछ ।
नयाँबानेश्वर काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































