साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शरमको अर्थ

Nepal Telecom ad

बादलको घुम्टो ओढेर
लजाउँदै–लजाउँदै
आकाशमा प्रकट भएको घाम देखेर
मलाई शरम लाग्छ
शरम गर–
यो शरमको कुरा हो

मानिसको छातीलाई पिच बनाएर
मानवताको छक्का हान्ने क्रिकेटरले नै
मानवताको गीत गाउनु–
यो शरमको कुरा हो
खुल्लमखुला मृत्यु बेच्ने व्यापारीले नै
लामो उमेरको आशीर्वाद दिनु–
यो शरमको कुरा हो

सहरको माथिल्लो भागबाट बहन्छ
असह्य तातो लू
त्यसकै हातमा छ सा“चो
जो खुँखार चोर हो
उसले चोर्छ वैधानिक तवरले
स्वतन्त्रता–
कसैकी रखौटी हो
जो पटक–पटक बलात्कारको सिकार भएकी छे
आँखा च्यातेर
बलात्कारको दृश्यमा रमाउनु–
यो शरमको कुरा हो

म छक्क पर्छु–
के भएको छ हिजोआज शरमलाई ?
हजार शरम आउने कृत्य गरे पनि
पटक्कै आउँदैन शरम
छोराहरू बेचिरहेका छन् आफ्नै आमालाई
इदि अमिनहरू खोलिरहेका छन् पसल
जहाँ मान्छेको मासु पाइन्छ
अरूको अस्तित्वलाई ओछयान बनाएर सुत्नु
कसैको सोख हुन सक्छ

म छक्क पर्छु –
के भएको छ हिजोआज शरमलाई ?
शरम नै नांगिएर
हामीसामु उपस्थित छ

नदीको किनारमा खुल्लमखुला
शौच गर्छन् चेतनशीलहरू
र उठाउँछन् सफा नदीको विषय
न्यायालयको मठाधीस छन् बगरेहरू
बगरे बनेका छन् डाक्टरहरू
पूmल कुल्चिनेहरू नै बनेका छन् माली
जुवाघर भएको छ संसद्
आफ्नो घरमा आगो झोस्दै छन्
भर्खर कालो घोडाबाट ओर्लिएकाहरू
यस्तो समयमा–
मर्नुभन्दा बौलाउनु निको भन्दै
घाँस दाउरा गर्न छोडेर
दिउँसै घाममा सुतेका छन् सामान्य मानिस
शरम गर–
यो शरमको कुरा हो ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाँकी कुरा

बाँकी कुरा

केशव सिलवाल
बसाइँ !

बसाइँ !

केशव सिलवाल
तारो हान्ने खेल

तारो हान्ने खेल

केशव सिलवाल
अपराध

अपराध

केशव सिलवाल
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x