धनराज गिरीपरिचय
क्याम्पसमा आज अलि बेग्लै चहल पहल छ । एउटा विशेष टोली आउँदै छ, माथिबाट । सबैलाई उर्दी छ…. ठिक नौ बजे बिहान जम्मा हुने, गोल घरमा । भनेकै समयमा आइपुग्छन् पाउनाहरू । विदेशी विशेषज्ञ पनि र परिचय आरम्भ–
“नीलप्रसाद चारतारे” पहिलो आवाज ।
“लालदत्त माओवादी” दोस्रो ।
“सुमसुम अवसरवादी” तेस्रो ।
“जय नेपाल घिमिरे” चौथो ।
“बज्र सिंग साम्यवादी” पाँचौँ ।
“झार पी लोकतन्त्रवादी” ।
“यादब माओवादी” ।
“चरणदास काङ्ग्रेसी” ।
“सुत्तम ओलिवादी” ।
“झुरनाथ एमाले” ।
“होम माओवादी” ।
“अमल खाँटी लोकतन्त्रवादी” ।
“आधा प्रजातन्त्रवादी” ।
“वामेस्वर राजावादी” ।
“चन्द्रकान्त मधेसवादी” ।
बिचरा विदेसी पाहुना जिल्ल । परिचय अङ्ग्रेजीमा । बोले पाहुना “होइन, यहाँ कोही पनि प्राध्यापक हुनुहुन्न ?”
जवाफ आयो कतैबाट, “यहाँ, यो क्याम्पसमा पढाउन प्राध्यापक चाहिन्न ।”
यो अनौठो “परिचय” माथि यतिखेर विद्यावारिधि हुँदै छ ।
चितवन
Subscribe
Login
0 Comments
Oldest








































