साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ल हेरौँ त !

Nepal Telecom ad

अलि अस्ति पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले माइक्रो बसमा आफूलाई दुव्र्यवहार गर्ने एक खलासीलाई समातेर थुनाएको समाचार आयो ।

भर्खरै तरकारीमा विषादीको प्रयोगसम्बन्धी समाचार आयो । त्यस्ता समाचार कहिलेकाहीँ आउँछन् तर त्यस्ता तरकारी स्वदेश–विदेश जताततैबाट जहिलेसुकै आउँछन् र खुलेआम हाम्रा भान्सामा पस्छन् । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, प्रहरीहरू, स्वास्थ्य अधिकारीहरू, डाक्टरहरू, गुणस्तर नियन्त्रण कार्यालयका हाकिमहरू त्यही तरकारी खान्छन् । नारायणकाजी पनि चुपचाप त्यही तरकारी खान्छन् । यसरी सबै उपभोक्तालाई खुलेआम विष पिलाउने अपराधीहरूलाई आजसम्म कुनै काजीले छुन सकेको छ ? अब पनि कसले छुँदो रहेछ, ल हेरौँ त !

उपभोक्तामाथि हुने दुव्र्यवहार कहाँ छैन ? आँपको सिजनमा टन्न आँप खानुप¥यो भनेर हामी केही साथी कुलेश्वरस्थित फलफूलको होलसेल बजार खोज्दै गयौँ। होलसेल बजार भेट्टाउन हामीलाई कुनै गाह्रो परेन । जताबाट फोक्सै छेड्ने दुर्गन्ध र हरिया झिँगाहरूको भुनभुन आयो, हामी त्यतै सोझियौँ। कुहिएका फलफूलको डङ्गुर र गजगजे हिलो छिचोल्दै हामी पस्यौँ, एउटा दोकानमा ।

“जरसाहेबका लागि लुकाएर राखेको पियोर मालदह आँप” भन्दै व्यापारीले केही बाकस आँप ल्याएर तेस्र्यायो । काटेर चखायो । मालदह सुँघेरै चिनिन्छ भन्दै सुँघायो । आँपमा वरपरबाट आएको हिलो र कुहिएका फलफूलको समेत बास्ना मिसिएपछि कुन मालदह, कुन मलदह, छुट्याउनै मुस्किल । साहूले सौ पर्सेन्ट मालदह, फरक परे डबल आँप सित्तैँमा दिन्छु भनेपछि हामी एक–एकवटा बाकस चेपेर घर गयौँ ।

घरमा आएर बाकस फोरेपछि पो छरियो त अपराधीको षड्यन्त्र छरपस्ट । माथिमाथि रहेछन् केही दाना मालदह, अलि पछि केही बम्बई, अलि तल सिन्दुरे, पिँधमा अज्ञात जातका सानाठूला गाँठागुँठी परेका छिर्केमिर्के दाना । आँपको आवरणमा कागती, फर्सी, मेवालगायत विभिन्न फलफूलको समावेशी स्वाद चाख्न पाइयो । एउटा मरेको व्यापारीले सय जना जिउँदा ग्राहकलाई बेचिदिन्छ भन्ने उखान सुनेको थिएँ । मरेको त होइन, मर्न नसकेको व्यापारीले हामीलाई यसरी थाङ्नामा सुतायो ।

लौ भन्नूस्, यसरी खुलेआम “माल” भनेर “मल” बेच्ने व्यापारीलाई छुन सक्ने कुनै काजी यो देशमा जन्मेको छ ? ल हेरौँ त !

काजी भएको भए के गर्थे कुन्नि, यो पाजीले बेहोरेको अर्को साजी घटना सुनाउँछु । अस्ति भर्खरै काठमाडौं आउँदा बिहानको चिया खान धादिङको महादेवस्थानमा गाडीले लगेर एउटा होटलमा कोच्यो । समाउँदै कुच्चिएलान् जस्ता पातला र साना साइजका फोहोरी स्टिलका गिलास हाम्रो प्रतीक्षामा तयार रहेछन् । एउटा समातियो । हरियो हरियो देखिने उदेकको झोल थियो गिलासमा । चाखियो । तम्तम्याइलो गन्धे पदार्थ रहेछ । “यो चियै हो ?” भनेर सोधेको, केटाले झन्डै कुट्यो । “आँखा छैनन् ?” भन्यो । त्यो तत्त्व भुँडीभित्र हाल्न खोज्दा भित्रबाटै केही चीजले ठेल्न खोजेपछि बल गरिएन । ग्राहकले पैसा नतिरी भाग्लान् भनेर ढोकामै पैसा मुठ्याएर बसेको खलनायकलाई २० रुपियाँ दाम चन्दा चढाई बाटो लागियो ।

ल भन्नूस्, व्यापारको नाममा ठाउँठाउँमा यस्ता धराप थापेर बसेका लुटेन्द्रहरूलाई कसैले समाउन सक्छ ? यात्रुलाई दुव्र्यवहार गर्ने एउटा खलासीलाई त पूर्वउपप्रधानमन्त्रीले कारबाही गरे, त्यसभन्दा माथिका कन्डेक्टर र चालकहरूलाई कुन पदधारीले कहिले कारबाही गर्छन् ? ल हेरौँ त !

‘नेपाल’ साप्ताहिक २०७१ साउन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x