धनराज गिरीदूरदर्शिता
आज तीजको दर खाने दिन । जमिन्दार बाजेका सात छोरी र तीन बहिनी माइतमा । राम रमिता छ । गीत, नाच भन्नै परेन । आजका जागरुक नारीहरू, त्यसमाथि कोमल ओलीको प्रभाव । क्यासेट पनि बजेको छ । बूढा खाटमा मग्न । ८४ बर्षका बूढा , ७५ बर्षकी बूढी । आठौँ सन्तान छोरो । ऊ पनि लक्का जवान । डाक्टरी पढ्दै छ, शहरमा । दिदीहरूको मायाले तानेर ल्यायो घरमा । त्यसो त हरेक तीज, दशैं र तिहार बाहेक कुनै दिदीसित उसको भेट हुन्न ।
सबै नारी पात्र कुनै न कुनै पेटको समस्याले ग्रस्त छन् । थाहा छ, तर चाड ! कसले बार्ने मुख ! हिजो तीन छाक, चिल्लो, भुटुवा मासु, सेल रोटी । झन् आज त विशेष दिन… खान भनेरै माइत आएको । २० माना घिउ स्वाहा । एउटा खसी चिरिप्पै ! भाइ बिचरो रोटी, दुध र साग मात्रै ।
आँगनमा ५ वटा एम्बुलेन्स ! दिदी र फुपूहरू जिल्ल । “कान्छा, यी एम्बुलेन्स किन हो ? हाम्रो घरमा को बिरामी छ र ?”
साहिली दिदी– “आजलाई होइन, भोलि नपाइन सक्छ भनेर आजै जोहो गरेको । भोलि बिहान थाहा पाउनुहुनेछ ।” डाक्टर, हुनेवाला ।
भोलिपल्ट, गाउँका ३६ महिला अस्पताल भर्ना । ११ जना जमिन्दार बाजेकै घरबाट ।
चितवन
Subscribe
Login
0 Comments
Oldest







































