साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा मोदी महान

Nepal Telecom ad

उता भारतमा जिउँदो बाघ जस्ता मोदीको उदय
यता नेपालमा ओइलाएको साग जस्ता मोदीको उदय ।
उताका मोदीको उत्पत्ति चियाको कित्लीबाट
यताका मोदीको जन्म जाँतेकिराको ¥यालबाट ।
उताका मोदी हिँड्दा जमिन हल्लिने
यताका मोदी हिँड्दा सुरालको इँजार हल्लिने
उताका मोदीको आवाजले आकास थर्किने
यताका मोदीले बोल्न खोज्दा
मुखबाट फुस्स फुस्स हावा मात्रै निस्कने ।
उताका मोदी धर्तीमै सडक बनाउने
घरघरमै विजुली बाल्ने –साह्रै मूर्ख ! लाटा
यताका मोदीहरूलाई विकास गर्न कागज भए पुग्ने
कागजमै विकासको चाब लगाइदिने— साह्रै बाठा
उताका मोदीहरू अन्धविश्वासी, परम्परावादी
अग्रजका खुट्टामा ढोग्ने
यताका मोदीहरू अग्रगामी, क्रान्तिकारी
अग्रजका खुट्टा काट्न सधैं तत्पर हुने ।
उताका मोदी मोटर, रेल र हवाइजहाजका गतिलाई उछिन्दै
विजुलीका गतिमा दौडिने
यताका मोदीहरू गधा, गोरुगाडा र कछुवालाई चकित् पार्दै
जाँतेकिराका गतिमा दौडिने ।
यस्ता बेग्लै र विशेष हाम्रा मोदी महारथीहरू
संसारमा कमै पाइने
अद्भूत र मौलिक नयाँ नेपालका सारथीहरू
हाम्रा उद्धारकहरू, हाम्रा संरक्षकहरू
हाम्रा पथ प्रदर्शकहरू, हाम्रा महान् मोदीहरू !!

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x