साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुभसङ्केत

Nepal Telecom ad

मोबाइल वि…प, वि…प गर्दै करायो । शुक्रबारको दिन भएकाले मैले अनुमान लगाई हालें पक्का पनि नेपाल टेलिकमले म्यासेज पठाएको हुनुपर्छ । अनि मैले मोबाइल खोलेर म्यासेज पढ्न नपाउँदै कक्षा ५ मा पढ्ने छोरीले मोबाइलको म्यासेज बक्स खोली र सबैले सुनिने गरि म्यासेज पढ्दै गई–
‘वागमती आमाको सेवा, जीवनभरी मेवा, तपाई छुट्नु होला नि सफाइमा, भोलि शनिवार थापाथली पुल, यु एन पार्क, बिहान ७ः०० बजे– नेपाल टेलीकम ।’

म्यासेज पढीसकेर उसले मतिर फर्किएर सोधी– ‘बाबा, बागमती हामीले फोहर बनाएको हो र !’

छोरीका प्रश्नले मलाई आश्चर्यचकित बनायो र उतिर फकिर्एर हेरेँ, आँखामा बिद्रोहको सङ्केत र मस्तिष्कमा बिद्रोहको चेत देखियो । अनि मेरो मन पनि प्रशन्न भयो । भक्ति थापा, अमरसिंह थापाहरूसँगै मरेको नेपाली रगतले पनि एकदिन न एकदिन त पुनर्जीवन पाउने रहेछ र फेरि देश खोज्ने रहेछ भन्ने आशाले, देशलाई अधोगतिमा लैजाने कुकृत्यका सूत्राधारहरू जो कोही र जहिलेसुकैका भए पनि भाग अनुसारको भागिदार बनाइने रहेछन् भन्ने विश्वासले ।

जुरोपानी–४,झापा
हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
ट्याग

ट्याग

जीवन ‘पीडित’ दाहाल
डिल

डिल

जीवन ‘पीडित’ दाहाल
विधान

विधान

जीवन ‘पीडित’ दाहाल
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
0
Would love your thoughts, please comment.x
()
x