सुलसुलेदिलिपलाई नवनीत काव्य सम्मान
गजलकार दिलिप दोषीलाई नवनीत काव्य सम्मान प्रदान गरिएको छ । नवनीत साहित्य सागर पोखराले आफ्नो नियमित काव्य वाचनको १५० औँ शृङ्खलाका अवसरमा दोषीलाई दोसल्ला र सम्मानपत्र सहित यो सम्मान गरेको हो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले दोषीलाई सम्मान प्रदान गर्नुभएको हो । सो अवसरमा कुलपति सरुभक्तले पोखराको साहित्य सङ्गीत र नाटकको विकासका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो । सम्मानित स्रष्टा दोषीले सम्मानले साहित्यमा थप सक्रिय बन्न हौसला मिलेको बताउनुभयो ।
गजल सन्ध्या पोखराका संस्थापक अध्यक्ष दोषी साहित्यका साथै सामाजिक संस्थामा आवद्ध हुनुहुन्छ । २०४५ सालमा अर्को सगरमाथा मुक्तकसङ्ग्रह प्रकाशन गर्नुभएका दोषी यसअघि आरोहण नाट्य सम्मान र गजल प्रतिभा सम्मानबाट सम्मानित भइसक्नुभएको छ । सोही अवसरमा अमृता शाहीलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्यकार इश्वरमणि अधिकारी र रुपिन्द्र प्रभावी कटुले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
Subscribe
Login
0 Comments
Oldest











































