मरुभूमि नारायणड्यास दिने विपक्ष भएन
सुनिश्चित यात्राको कुनै लक्ष भएन
घरिघरि ड्यास दिने विपक्ष भएन ।
जो पनि लोभिन्छ है त्यसै ठाउँमा
आफ्नो जीउडाल अनि वक्ष भएन ।
एउटा सुइरो किन्दे भन्थी परकीले
त्यति पनि धनाढ्यको गच्छे भएन ।
तिरेकै छु इज्जेतको भाडा निरन्तर
कहिल्यै पनि हिसाब फच्चे भएन ।
गाईलाई नुहाउँदा गधा किन हुन्थ्यो
पानीको त्यो भ्यागुतो मच्छे भएन ।
गरुडको सुकिलो छायाँ परे पछि
मृग उचाल्ने कुकर त्यो दक्ष भएन ।
तनहुँ
Subscribe
Login
0 Comments
Oldest



































