डा. दामाेदर पुडासैनी किशाेरपिपलबोटे पण्डित
गन्हाएको मोजामा अत्तर छर्केर
जुत्ता खोले–
टिलिक्क टल्किनु पर्छ अनुहार !
धर्मयुग पल्टाउँदै
गैँडा मार्का सल्काए
लामो सर्को ताने, फुके–
घुमिरह्यो चुरोटको धुवाँ
पिपलबोट वरिपरि !
खुट्टा छिराए
र, निहुरिएर हेरे आफ्नै अनुहार !
कोटरीका कोही कोही
कुरिरहेथे कविजीलाई !
चिया फर्माए
अचम्भित छन् मित्रहरू
आज जम्नु पर्छ यार !
रिम्झिम हुनु पर्छ
रञ्जना गल्लीमा
स्साला जनैको जुम्रा मार्ने–
के लेख्छ त्यो–
देखाइदिन्छु म !
साहुनी,
भटिचा टी !
थप्दै गए….
मित्रहरूका नाम जप्दै गए
आफ्नो कदमा कोही भेटेनन्
पिओ मित्रहरू !
आज ऐलाको दोहोलो काढ्नु पर्छ ।
थुरथुर कामोस् रक्सी !
मजस्तै फेमस हुन त
लेख्नु पर्छ क्या–
लेख्नका लागि पढ्नु पर्छ ।
पढेका छौ –
फलानो देशको ढिस्कानो कवि ?
…
… !
साहुनी !
सू न्याखुना छकुचा
गाउँको गुन्द्रुकले
टनटनी समातेका दाँत
आँतमा –
छोयला, कचिला, भित्र्याँस
खेल्दै थिए आहाल–
छप्ल्याङ् छुप्लुङ्ग !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































