डा.घनश्याम परिश्रमीबाज चाहँदैन परेवा हुन
पूर्णिमाको रातमा छ, बादलभित्र जुन
त्यसैले त खुला आकाश बाध्य हुन्छ रुन
कतै चिनी बढी हुन्छ, चिया चमेनामा
कठै, कतै कमी हुन्छ तरकारीमा नुन
कोही खुसी पित्तलको पहेँलोमा हुन्छन्
कसैलाई पुगेन रे हिरा, मोती, सुन
यहाँ यस्तै व्यवस्था छ, विवश हुनुपर्छ
महलका वरिपरि झुप्रा बनाउन
मालिकहरू पसिनाको बूँद चुहाउन्नन्
बगेको छ किसान र मजदुरको खुन
नेताजीले बिर्से भनी भन्नु बेकार छ
कहिले पो सम्झन्छ र बैगुनीले गुन
मौका परे स्वयम्भूको गजुरमा बस्छ
तर बाज चाहँदैन परेवा झैं हुन ।
भैरहवा
Subscribe
Login
0 Comments
Oldest







































