साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दसैँ

Nepal Telecom ad

पोहर पनि आयौ
परार पनि आयौ
यस पाली त
कुनै हालत पनि नआउन भनेकोथेँ
फेरी पनि गर्वसाथ,
गडगडाहट गर्दै आयौ ।

आउने नै हो भने पनि
जनकपुरको रेल झै विस्तारै आउनु नि
तिमी त अल्लारे ठिटाठिटी झैं
ढकढकाहट नै आयौ
यदि आउने नै हो भने
पोहरको जस्तै बोइलर कुखुरा
र लोकल ठर्रा होइन
राँगो बोको र झक्कले खसी
ह्वीस्की बियर ल्याउनू ।

गत वर्षको जस्तो
रिण लगाउने होइन
टन्न रेमिट्यान्स लिएर आउनू
परारको जस्तो
फाटेको टोपी
टालेको सुरुवाल होइन
सर्वहाराका नेताको जस्तो
टाइसुट र विदेशी बुट ल्याउनू ।

पार्टी टुटे पनि
नेता फुटे पनि
जनतामा एकजुट ल्याउनू
भोको पेटलाई संविधानको के गर्ने ?
सक्छौ भने यस पाली आउँदा,
संविधानभन्दा पनि
शुद्ध मन्सुली धान ल्याउनू ।

अघिपछि जति महँगी बढाए पनि
कम्तीमा दशैंलाई
सस्तो भएर बजार भाउ छाउनु
तर आउँदा
काठमाडौंको सडक टाले जस्तो
टालटुले भएर नआउनू
लाउरेको झैं
तामझाम लिएर आउनू ।

तिमीलाई सक्थेँ भने त
फलामे बार लगाएर छेक्थेँ
जाली तार लगाएर रोक्थेँ
पैसा हुनेलाई तिमी खर्च गर्ने बहाना
पैसा नहुनेलाई त तिमी
दइतको घरमा बाबुराम पाहुना ।
त्यसैले
अझ सक्थेँ भने तिमीलाई
थुन्न चिडियाखाना नै लग्थेँ
धनीले नभए पनि
कमसेकम गरिबले ताली त ठोक्थेँ ।

अब आइ हाल्यौ, आउनू
सके खसी बोका
नसके ठूलै खसी भए पनि ल्याउनू ।
धेरै सन्तान पाल्न नै गाह्रो
धेरै जिउँदा चल्न नै साह्रो
त्यसैले
त्यो हजुरबाले दिने जस्तो
सन्तानले डाँडाकाँडा ढाक्ने
दाह्री जुँगा र घुँडाका रौँ पाक्ने
आशिरवाद पनि नल्याउनू ।

ससुराल जाँदा
बस भाडा उठ्ने गरी मात्र होइन
खल्ती दरो हुने गरी छाउनू
खसी बोका नसके पनि, ब्रोइलर होइन
कमसेकम लोकल कुखरा त खुवाउनू ।

दाङ, हाल– काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x