साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाउ–छोराको वार्तालाप

Nepal Telecom ad

गयो, गयो, गयो
मेरो सर्वस्व गयो
लौ न नि बा
मेरो ता हुनसम्म भयो ।

धोती पनि गयो
टोपी पनि गयो
अब त दरवारको खोपी पनि गयो
लौ न नि बा
मेरो ता हुनसम्म भयो ।

बस्ने मेच पनि गयो
कस्ने पेच पनि गयो
शिरको पाँच पनि गयो
शिरको पेच पनि गयो
अब ता मेरो दिमागको पेच पनि गयो
लौ न नि बा
मेरो ता हुनसम्म भयो ।

दाह्रा पनि गयो
नङ्रा पनि गयो
खुर पनि गयो
नूर पनि गयो
अब ता मेरो सूर पनि गयो
लौ न नि बा
मेरो ता हुनसम्म भयो ।

बंश पनि गयो
अंश पनि गयो
अब ता मेरो हंस पनि गयो
लौ न नि बा
मेरो ता हुनसम्म भयो ।

हिङ पनि गयो
सिङ पनि गयो
अब त मेरो सेरेमोनियल किङ पनि गयो
लौ न नि बा
मेरो ता हुनसम्म गयो ।

हिटी पनि गयो
झिटी पनि गयो
अब ता अलिअलि बचेको
घिटीघिटी पनि गयो
लौन नि बा
मेरो ता हुनसम्म भयो ।

मेरो अज्ञानी छोरा
गयो गयो त भनिस्
तर, तैँले आफ्नू चिहान आफैँ खनिस्
धुन्धुकारी जस्तो धन्दा गरिस्
अब चैं त फन्दामा परिस् ।

उता गिरीलाई पत्याइस्
एता गिरिजालाई लत्याइस्
उल्टो, उल्टो काम गरेर दुनियाँलाई अत्याइस्
देशका लागि तैले पो
खोइ के चैँ खुत्याइस् ?

फेरि भएन, दाजु–भाउजूलाई पनि खाइस्
भतिजा–भतिजीलाई पनि खाइस्
अझ नपुगेर, जनताको अधिकार पनि खाइस्
त्यसैले तैँले कुकुरले नपाको दुख पाइस् ।

मेरो अज्ञानी छोरा !
तँ पापीलाई प्रजातन्त्र पनि पचेन
तँ लोभीलाई लोकतन्त्र पनि पचेन
तँ गाँडुलाई गणतन्त्र पनि पचेन
तैंले नै एसरी पचाउन नसकेपछि
तँलाई म कसरी बचाउन सक्छु र !
अब त इन्द्रको बाबु चन्द्र आए पनि
म तँलाई बचाउँन सक्तिन
राँचीमा लगेर जँचाउन पनि सक्तिन ।

त्यसैले, मेरो प्यारो पुत्र ज्ञानेन्द्र !
अब यो गयो गयो भन्न छाडिदे
हिटी र झिटीसँग नाता तोडिदे
सेरेमोनियल किङको सपना देख्न छोडिदे
हिङ र सिङसित नाता तोडिदे ।

जनपथटोल, विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x