साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्दैन

Nepal Telecom ad

चलनै यस्तै छ यहाँको भने
लिएमात्र हुन्छ पैँचो, तिर्नु पर्दैन
मेरा कार्यक्रममा आउनुहोला खेपैपिच्छे
नआए म तपाईँकहाँ अन्यथा मान्नु पर्दैन ।

किनकि चलनै यस्तै छ यहाँको
रातो बत्ती बलिरहोस् के भो र
बाटो काट्न पर्खिरहनु पर्दैन
जता मनलाग्छ मोडे हुन्छ गाडी
साइडलाइट बालिरहनु पर्दैन ।
लिनेमात्रै हो पुस्तक पुस्तकालयबाट
पढ्नु र पढेपछि फर्काउनु पर्दैन ।
धारो जडान गर्नु र शुल्क बुझाउनुपर्छ
नियमित पानी भने अनइरहनु पर्दैन ।
विद्युत् पनि त्यस्तै हो जनतालाई
एकतिहाइ कहिले आधै लोडसेडिङ
ठूला र ठूलाखालेहरूकहाँ सधैँ झिलिमिली
डर त के होस्, शरमसम्म मान्नु पर्दैन ।
चलनै यस्तै भएपछि प्रहरी
भएमात्र हुन्छ अपराधी पक्रिनै पर्दैन ।
तलब र भत्ता‘सत्ता’ त लिनैपर्छ नछोडी
बेलामा अफिस जानु र पूरा काम गर्नु पर्दैन ।
निस्कियोस् बेरुजु मलेपमा वर्षैपिच्छे
पेस्की फछ्र्योट गर्नु पर्दैन ।
डुब्दैरहन्छन् सरकारी बैंक तैपनि ऋण
फरार भैदिए हुन्छ सल्लाहमै, तिर्नै पर्दैन ।
मंत्री, नेता र महामहिम भए हुन्छ
पजेरोमा गुडे विमानमा उडे झन् हुन्छ
भोकमरी वा बमबारीको दायित्व लिनु पर्दैन ।
नेपालको दानापानी खाए हुन्छ
नेपाली भैरहनु पर्दैन ।
नेपालको नेता भए हुन्छ
नेपाली पोषाक लाउनु पर्दैन,
नेपाली भाषा बोल्नु पर्दैन ।
लामो कुरा कत्ति गरिरहनु मित्र,
सुराल लाए हुन्छ दुई खुट्टा टेकेर
मान्छे भैरहनु कहिल्यै पर्दैन !

जोरपाटी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो देश कहाँ छ ?

त्यो देश कहाँ छ...

प्रकाशमणि दहाल
सलाम यो बुद्धिलाई

सलाम यो बुद्धिलाई

प्रकाशमणि दहाल
यो जिन्दगी खै के जिन्दगी ?

यो जिन्दगी खै के...

प्रकाशमणि दहाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x