साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पर्दैन

Nepal Telecom ad

चलनै यस्तै छ यहाँको भने
लिएमात्र हुन्छ पैँचो, तिर्नु पर्दैन
मेरा कार्यक्रममा आउनुहोला खेपैपिच्छे
नआए म तपाईँकहाँ अन्यथा मान्नु पर्दैन ।

किनकि चलनै यस्तै छ यहाँको
रातो बत्ती बलिरहोस् के भो र
बाटो काट्न पर्खिरहनु पर्दैन
जता मनलाग्छ मोडे हुन्छ गाडी
साइडलाइट बालिरहनु पर्दैन ।
लिनेमात्रै हो पुस्तक पुस्तकालयबाट
पढ्नु र पढेपछि फर्काउनु पर्दैन ।
धारो जडान गर्नु र शुल्क बुझाउनुपर्छ
नियमित पानी भने अनइरहनु पर्दैन ।
विद्युत् पनि त्यस्तै हो जनतालाई
एकतिहाइ कहिले आधै लोडसेडिङ
ठूला र ठूलाखालेहरूकहाँ सधैँ झिलिमिली
डर त के होस्, शरमसम्म मान्नु पर्दैन ।
चलनै यस्तै भएपछि प्रहरी
भएमात्र हुन्छ अपराधी पक्रिनै पर्दैन ।
तलब र भत्ता‘सत्ता’ त लिनैपर्छ नछोडी
बेलामा अफिस जानु र पूरा काम गर्नु पर्दैन ।
निस्कियोस् बेरुजु मलेपमा वर्षैपिच्छे
पेस्की फछ्र्योट गर्नु पर्दैन ।
डुब्दैरहन्छन् सरकारी बैंक तैपनि ऋण
फरार भैदिए हुन्छ सल्लाहमै, तिर्नै पर्दैन ।
मंत्री, नेता र महामहिम भए हुन्छ
पजेरोमा गुडे विमानमा उडे झन् हुन्छ
भोकमरी वा बमबारीको दायित्व लिनु पर्दैन ।
नेपालको दानापानी खाए हुन्छ
नेपाली भैरहनु पर्दैन ।
नेपालको नेता भए हुन्छ
नेपाली पोषाक लाउनु पर्दैन,
नेपाली भाषा बोल्नु पर्दैन ।
लामो कुरा कत्ति गरिरहनु मित्र,
सुराल लाए हुन्छ दुई खुट्टा टेकेर
मान्छे भैरहनु कहिल्यै पर्दैन !

जोरपाटी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यो देश कहाँ छ ?

त्यो देश कहाँ छ...

प्रकाशमणि दहाल
सलाम यो बुद्धिलाई

सलाम यो बुद्धिलाई

प्रकाशमणि दहाल
यो जिन्दगी खै के जिन्दगी ?

यो जिन्दगी खै के...

प्रकाशमणि दहाल
गर्छौ भने चाकरी

गर्छौ भने चाकरी

रामशरण न्याैपाने
मान्दैन यस्तो रित

मान्दैन यस्तो रित

बालकृष्ण खनाल
कुकुरछाप कुकुर…..

कुकुरछाप कुकुर…..

सुभाषचन्द्र देवकाेटा
लुच्चा लफङ्गाहरू

लुच्चा लफङ्गाहरू

बालकृष्ण खनाल
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
0
Would love your thoughts, please comment.x
()
x