साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भत्ता पचाए हुन्छ

Nepal Telecom ad

लोकतन्त्र आयो भन्दै नाच्दै गीत गाए हुन्छ
ग्यालरीमा गफ मार्दै सांसद भत्ता पचाए हुन्छ ।

आफ्नो दुनो सोझ्याउनू जनताको म्याण्डेट भन्दै
जस्को मनमा जे लाग्या’छ त्यही नारा लाए हुन्छ ।

खोसिने पो हो कि कुर्सी निकास दिने निर्णय लिँदा
हारिन्छ कि भन्ने डरले चुनाव सार्दै आए हुन्छ ।

तलब खाँदै टाइम पास गर्ने मौका सधैँ कहाँ मिल्छ
विदेशीको आशिष लिन शक्तिकेन्द्र धाए हुन्छ ।

आफूचाहिँ पन्छिएर अरूलाई नै दोष थुपार्नु
माथिबाट खस्छ अब उँभो मुख बाए हुन्छ ।

मात्तिएर बहुलाउँदा लाज शरम किन मान्छौ
बिहे गर्नुभन्दा अघि घोर्ले छोरो पाए हुन्छ ।

अग्रगामी होऊँ आफ्नै पनि विरोध गर्दै
अचूक शान्ति खलबल्याउन गाउँशहर छाए हुन्छ ।

स्वास्नी पोइल गए पनि टायर बाली तोडफोड गर्नु
जे गरे नि लोकतन्त्रमा दुइचार लाठी खाए हुन्छ
ग्यालरीमा गफ मार्दै सांसद भत्ता पचाए हुन्छ ।

थलारा, बझाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनाको सहरमा

सपनाको सहरमा

सोझो गाउँले
म मान्छे हुँ

म मान्छे हुँ

सोझो गाउँले
एकादेशको कथा

एकादेशको कथा

सोझो गाउँले
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
0
Would love your thoughts, please comment.x
()
x