साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झुम्रे युद्ध

Nepal Telecom ad

उ !
झट्कारिइ रहेछ
कोठाको कुनामा टाँगिएको डोरि
युद्ध छ
घमासान युद्ध छ
यो लुगा झुन्ड्याएको डोरीमा ।
तहसनहस छ कोठा
गालिगलौज
मान मर्दन
हुल हुज्जत
एक जात्रा !
एक तमासा !

कट्टु– जामा
सारी– स्कर्ट
धोती – सुरुवाल
बख्खु– चादर
लगुँटी– प्यान्टी
…… ……..
सबका सब लड्दैछन एक– आपसमा
मुद्दा इज्जतको छ–
सबै भन्दा सबै ठूला
सबै भन्दा सबै गतिला
कसैको अस्तित्व स्वीकार छैन कसैलाई ।
तैयार छैनन् मिलिजुली आङ ढाक्न
तैयार छैनन् मिलिजुली लाज छोप्न

हेरि रहेछन् किस्नेका बा–आमा
सिरक भित्रै गुँडुल्की परेर कुनातिर
“के अनर्थ भयो हँ आज !”
“के झुम्रा–झुम्रीको पनि लडाइँ हुन्छ किस्नेको बा ?”
“लगुँटी र कोट कुन ठूलो किस्नेको बा ?”
“झुम्रा भनेको काम नलाग्ने कपडा हैन ?”
जिल्ल छ आफैं किस्नेको बा
जीवनमै नदेखेको कोठे युध्द
निरर्थक–निकम्मा– निकृष्ठ !

उफ् !
टेरनन् कुनै पोशाकले
सुनेनन् कुनै टाला र झुम्राले
झोकैले निस्के दुबै
नाङ्गानाङ्गै–
दुई हात खप्ट्याएर गुप्ताङ्गमा ।

घोप्टो परिरहेछन् दुबै
धरती घुमी रहेछ
मुटु घोची रहेछ
काँडा उमिएका छन् छालामा
कामी रहेछन् लुगलुग
दारा किटी किटी ।

यता आऊ किस्नेकी आमा !
म च्यात्दैछु सिरकको खोल
आधा तिमीलाई
आधा मलाई
हाम्रो आङ ढाक्न
हाम्रो लाज छोप्न
ओढौँ सर्लक्क शिरदेखि पैतालासम्म
जस्तो तिम्रो पोशाक उस्तै मेरो पनि
जस्तो तिमी देखिन्छ्यौ– उस्तै– म पनि
हुनेछ घरभरी समानता !

यी सबै थाङ्नालाई–
यी, यो बोरामा कोच त किस्नेकी आमा !
आफ्नो धर्म र औकात भुलेर
हामीलाई लज्जाबोध गराउने यी झुम्राहरू
हाम्रा घरका डोरीमा इज्जतका साथ
सजाइने ल्याकतका रहेनन् अब ।

लु डिबिया अनि सलाइ बोक त !
अनि साबुन पनि है किस्नेकी आमा !
हिँड,
पर खोल्सामा लगेर डढाउँ यी झुम्राझुम्रीलाई
मट्टितेल छर्कंदै
अनि,
बसौँ कुरेर पुत्पुताउन्जेल

पँधेरामा गै मजाले हात धोएर मात्र घर फर्कौं

ता कि
अब उप्रान्त
फेरि कहिल्यै सङ्क्रमण नहोस् झुम्रे युद्धको

फेरि कहिल्यै नभौंतारिउँ
आफ्नै लाज छोप्न ।

२०७१ कार्तिक
काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भएको छ

भएको छ

दुर्गाप्रसाद ग्वालटारे
सिकौँ कहाँ ?

सिकौँ कहाँ ?

दुर्गाप्रसाद ग्वालटारे
प्रश्न गर्छ

प्रश्न गर्छ

दुर्गाप्रसाद ग्वालटारे
दोधारमा छु

दोधारमा छु

दुर्गाप्रसाद ग्वालटारे
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
दास हुन्छ

दास हुन्छ

दुर्गाप्रसाद ग्वालटारे
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x