साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेटर हाफ (Better Half)

Nepal Telecom ad

मेरा एक परिचित मित्र आउनुभयो,
एक अपरिचित महिलासँगै लेराउनु भयो,
मेरा अगाडि ठिङ्ग उभ्याउनु भयो,

अनि मतिर इसारा गर्दै, महिलालाई चिनाउँदै–
“उहाँ मेरो बेटर हाफ (Better Half) हो” भन्नु भयो ।

मैले भनें, “म तपाइलाई सग्लै सिङ्गै देख्दै छु,
तपाइले आफ्नो दाहिने हाफ (Half) कि देब्रे “हाफ“ कता लुकाउनु भयो ?
तपाइँको यो “बेटर हाफ“ नै पनि तपाइँ फुल (Full) भन्दा ठूलो देख्दै छु,
अनि यो बेटर हाफको बाँकि “हाफ“ कता लुकाउनु भयो ?

“आजभोलि पढेलेखेका सभ्य मानिसले
आफ्नी श्रीमतीलाई अङ्ग्रेजीमा “Better Half” भन्नु पर्छ क्या”
उहाँले मलाई सम्झाउनु भयो ।

मैले भनेँ “बुझेँ, हाफ माने आधा हो,
बेटर (Better) हो कि वोर्स (Worst) हो,
त्यो त तपाइँले पो थाहा पाउने कुरा हो
तर मलाई यत्ति भनि दिनोस्
आफू सिङ्गैभन्दा आफ्नो “बेटर हाफ“ ठुलो कसरी बनाउनु भयो ?

पहिला यो भन्नुहोस् कि यो “हाफ” कसरी बनाउनु भयो ?
यो “बेटर हाफ” ठाडै चिरेको दाहिने भाग हो कि देब्रे भाग हो ?
कि बिचैमा काटेर तल या माथि कताको “हाफ“ लेराउनु भयो ?
हाफप्लेट मम भने जस्तै “बेटर हाफ” भन्न मिल्ने सिङ्गै महिला पाइने,
तपाइले यो प्रविधि कताबाट लेराउनु भयो ?

बत्तिसपुतली, काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x