चट्याङ मास्टरठूलो बुद्धिजीवी
तँ, मभन्दा ठूलो बुद्धिजीवी पल्टन खोजेको होस् ?
देश, जनता र नेतालाई मैलेभन्दा बढी सराप्न आँटेको होस् ?!
लौ आ हेरौँ ! को बढी बुद्धिजीवी रहेछ !
देश, जनता र नेताको हुर्मत लिन कसले बडी सक्ने रहेछ ।
आँट छ भने लौ आ, आ–आफ्नो क्षमता प्रदर्शन गरौँ
हामी बुद्धिजीवीहरू बीचको यो प्रतिस्पर्धा कताबाट शुरु गरौँ ?
सोझै कर्मचारीलाई भ्रष्टाचारी भन्नबाट शुरु गरौँ ?
कि “सतीले सरापेको देश” बाटै श्रीगणेश गरौँ ?
नेतालाई चोर, डाँका फटाहा भन्नबाट शुरु गर्ने भए पनि गर्ने
आफूलाई ठूलो बुद्धिजीवी प्रमाणित गर्न मौका किन छोड्ने ?
लौ तैँ भन, जनतालाई भेडा भन्नबाट सुरु गरौँ ?
कि शासन र प्रशाशनकै उछित्तो पहिले काडौँ ?
सकारात्मक बिचारवादीको बाँझो पल्टाउँ ?
कि बुद्धिजीवी भनाउँदाको बुद्धिलाइ नै ठटाउँ ?
यहाँ केही राम्रो देख्नेहरू पनि छन्, तिनका आँखा फुटाउँ ?
लौ आ, को ठूलो बुद्धिजीवी रहेछ– पौँठा लडाउँ ।
बत्तिसपुतली, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest




































