साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लीला–रमिता

Nepal Telecom ad

धर्मात्माहरू थोरै छन् पापीहरू बढी भए
पापीलाई बनाएनौँ धर्मात्मा उति नै रहे
त्यति मात्र भए हुन्थ्यो धर्मात्मा पनि बिग्रिए
पापीसँग मिली हाय ! उतै पो सब जोडिए ।

दुष्टहरू बढेकै थे कम्ती नै तर सज्जन
दुष्टलाई सधाएर सज्जनतर्फ मिलाउन
सक्नुपथ्र्यो सकेसम्म ठ्याक्कै उल्टोे यहाँ भयो
सज्जनै तानिई दुष्ट सङ्ख्या मात्र बढी रह्यो ।

भ्रष्टाचारी बढेकै थे सदाचारी गिराउँन
सदाचारीहरू लाग्नुपथ्र्यो भ्रष्ट मिटाउँन
यहाँ यस्तो भयो हेर, भ्रष्ट नै अगुवा भए !
सदाचारीहरू हारे भ्रष्ट नै विजयी भए ।

पापी दुष्टहरू जो जो भ्रष्टाचारीहरू थिए
भएर लोक नै लिस्नो बाँदरतर्फ खडा भए
बाँकी छौं रमिते केही रोएर सब हेर्दछौं
कल्ले भन्छ यहाँ आज– लीला यो अब फेर्दछौं ।

ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तिमी हामी रमाउने

तिमी हामी रमाउने

इन्द्रकुमार श्रेष्ठ
हाम्रा उहाँहरू !

हाम्रा उहाँहरू !

इन्द्रकुमार श्रेष्ठ
हारेका नेताप्रति

हारेका नेताप्रति

इन्द्रकुमार श्रेष्ठ
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x