निद्रा लाग्ने झोल
बिहान सधैं ढीलो उठ्छु नुहाउने बानी छैन
हिजो खा’को झोलले नै छ्याङ्गै छोड्या छैन
हातखुट्टा कक्रिएर दुख्छ लड्या थाहा छैन
के के ख्वाई साउनीले हेक्का मलाई छैन
खल्तीमा कति रकम थ्यो पत्तो पनि छैन
आज हेर्छु खल्तीमा त सुको पनि छैन
साथीभाइलाई नि नभेटी भा’को छैन
भट्टीमा गएर नखाईकन मलाई छैन चैन
हिजो पो त पैसा थ्यो’ र
वेलकम वेलकम ! भन्थी साउनी
आज रित्तो खल्ती हुँदा
टाटा बाइ बाइ ! भन्छे साउनी
आफूलाई त्यही साउनीको
मुख नहेरी निन्द्रा लाग्ने छैन
एक गिलास भए पनि दिनमा नभै हुन्न
अरू जे खाए पनि साँझमा हुन्छु टुन्न ।
काठमाडौं