साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिसिफसको नियति

Nepal Telecom ad

सोझो गाउँले
सुकुम्बासी भएर हिँड्दथ्यो समय
शरणार्थी मन बाँच्दथे मान्छेहरू
कालरात्रीले ढाकेको धरतीमा
सुनको बिहानी ब्युँझाउन
आत्मदाह दिएपछि योद्घाहरूले
देशमा सूर्योदय भएको थियो

रजस्वला सुरु नहुँदै
विधवा भएकी बालिका झैं
कोत्रोमै कात्रो बेरिँदा घामको
खग्रास पसेको युगमा
रातो झण्डाले म्याराथुन जितेपछि
आस्थाको उज्यालो फर्किएको थियो

कुनै जँड्याहाले जाँडको तालमा
श्रीमतीसँग खाएको कसम झैँ
सहिदको सपथ खाएका सारथिहरूले
सपनाको सन्दुक जतन नगरेपछि
दरबार र ओढारको कोपमा परेको
विश्वासको विरुवा बचाउन
सडकमा सुनामी आएको थियो

अस्पतालको ठेगाना हराएको एम्बुलेन्स झैं
अँध्यारो सुरुङ्तिर धकेलिएको छ
नयाँ बिहानको भविष्य
दोहोरी रहेछ पुरानै शृङ्खला
डढेलो दन्केको छ फेरि आकासमा

लोकतन्त्रको ऐनामा अनुहार हेर्न
आगो चपाउँदै आए पनि इतिहासले
सिसिफसको नियति रोकिएको छैन
गृहयुद्धको गर्भधारण गर्नु पर्दा बारबार

मातृभूमिको पाठेघरमा क्यान्सर भयो भने
चन्द्रसूर्यको तेज निभ्न बेर हु“दैन ।

थलारा, बझाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सपनाको सहरमा

सपनाको सहरमा

सोझो गाउँले
म मान्छे हुँ

म मान्छे हुँ

सोझो गाउँले
एकादेशको कथा

एकादेशको कथा

सोझो गाउँले
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x