साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खञ्चुवा

Nepal Telecom ad

बिहान उठ्यो चिया खायो, नास्ता खायो, खाना खायो,
खाजा खायो, चिया खायो फेरि खाना खायो,
दिनभरिमा दसफेर खायो,
ढ्याउ ग¥यो, बल्ल अघायो, निदायो ।
सधैं डुल्ने हरिलठ्ठक बुद्धि हेर हेर,
भोक लाग्छ तीनफेर खान्छ दशफेर ।

एउटा भन्छ, मलाई लास्ट गाँस भन्दा बढी रुच्दैन,
उसले भन्यो मलाई त त्यतिले नि पुग्दैन ।
जब भुँडी भुइँतिर झुक्छ अनि पुग्छ र,े
लास्ट गाँस खाएपछि पनि दुईतीन गाँस बढी रुच्छ रे ।

ससुराली गई श्राद्ध खान्छ, भुँडी फुट्ने गरी,
खाँदाखाँदै ढ्याउ गर्छ धर्ती फुट्ने गरी ।
खान्न–खान्न लोकाचारझँै,
कहिले पेटै अटेसमटेस, खान्छ धेरैधेरै,
कहिले अरु खान्छन्, मेख मारी ऊचाहिँ हे¥याहे¥यै ।

कुबेरकोमा गणेश आएझँै भुँडी हल्लाउँदै आउँछ,
तीनपाथीको भात त ऊ एक्लैले बुत्याउँछ,
काम गर्न सक्दिनँ बरु निदाउँछु भन्छ,
म कलियुगको कुम्भकर्ण ऊ आफैँले भन्छ ।

दुश्मनलाई एक मुक्कामा नै ढाल्छु भन्यो,
तीन थाल भात खाएपछि ऊ आफै ढल्यो ।
चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
0
Would love your thoughts, please comment.x
()
x