साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नित्यराज प्रज्ञाप्रतिष्ठान गठित

Nepal Telecom ad

काठमाडौं, १ मङ्सिर । साहित्यकार नित्यराज पाण्डेले नेपाली भाषा साहित्यको समृद्धिका लागि आफ्नो संरक्षकत्वमा नित्यराज प्रज्ञा प्रतिष्ठान गठन गर्नुभएको छ ।

आइतबार यहाँ भएको भेलाले प्रतिष्ठानका अध्यक्षमा नारायणराज पाण्डे, कोषाध्यक्षमा कमलराज पाण्डे, सदस्य सचिवमा रत्ननिधि रेग्मी शुक्राचार्य तथा सदस्यमा प्रा. दिनेशराज पन्त, मधुसूदन पाण्डेय, देवेन्द्रराज मिश्र, सुनिता पाण्डे, मीना पाण्डे र श्याम रिमाललाई चयन गरेको छ ।

प्रज्ञा प्रतिष्ठानले ‘महाकवि देवकोटा पुरस्कार’, ‘नित्यराज पुरस्कार’ र ‘सिद्धिराज–विद्याकुमारी–डेबकुमारी’ पुरस्कार स्थापना गर्नाका साथै रु. नौ लाखको कोष खडा गरेको छ । आगामी वर्षदेखि प्रदान गरिने ती पुरस्कार महाकवि, संस्थापक नित्यराज र उहाँका पिता सिद्धिराज, माता विद्याकुमारी र स्व. पत्नी डेबकुमारीका नाममा राखिएको हो ।
प्रज्ञा प्रतिष्ठानका संरक्षक चौरासी वर्षीय पाण्डेले वि.सं २०१६मा ‘महाकवि देवकोटा’ अनुसन्धानात्मक कृतिका लागि मदन पुृरस्कार प्राप्त गर्नुभएको थियो । नेपाल सरकारका पूर्वप्रशासक तथा समाजसेवी पाण्डेका ‘बौद्ध दिग्दर्शन’ (२०१३), ‘राजीवलोचन जोशी र केदारकल्प’ (२०५५), ‘काश्यपगोत्रीय पाण्डे समाज वंशावली’ (२०६०), ‘नित्यप्रकाश’ (२०६५) अनुसन्धानमूलक कृति र ‘क्वाँटी’ (२०६९) कवितासङ्ग्रह प्रकाशित छन् ।
रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x