डा.रवीन्द्र समीरयोग्यता
‘क’ ले चिकित्साशास्त्रमा स्नातक तह उत्तीर्ण गर्यो, सेतो कोट लगाउन पायो ।
‘ख’ ले अङ्ग्रेजीमा स्नातकोत्तर गर्यो, चक–डस्टर समाउन पायो ।
‘ग’ ले कानुनमा स्नातक गर्यो, कालो कोट लगाउन पायो ।
‘घ’ ले इन्जिनियरिङमा स्नातक गर्यो, ठूलो स्केल र फिता बोक्न पायो ।
‘ङ’ ले स्नातक गरी हजारौँबाट दर्जनौँमा छानियो, फाइल बोक्न पायो ।
‘च’ ले स्नातक गरेर कठोर तालिममा उत्तीर्ण भयो, बन्दुक बोक्न पायो ।
‘ज’ ले राजनीति शास्त्रमा स्नातकोत्तर गर्यो, तर उसले केही पनि पाएन किन कि सडकदेखि झन्डा, पजेरो र कुर्सीसम्म औँठाछापहरूले कब्जा गरिसकेका थिए ।
Subscribe
Login
0 Comments
Oldest








































