साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेता बन्नुभन्दा किन्नुमै शुभलाभ

Nepal Telecom ad

एकजना दुई नम्बरी सेठजीलाई नेता बन्ने रहर पलाएछ । राजनीतिमा योग्यता क्यै नचाहिने र पावर, पैसा, पद सबै पाइने भन्ने परम सत्यको बोध उनलाई अनायास भयो । बुद्धलाई पिपलको बोटमुनि परम सत्यको बोध भएको थियो । सेठलाई गमलाको मनिप्लान्ट मुनि बस्दा बोध भएछ ।

उनले आफ्ना परम विश्वसनीय मुनिमजीसँग यसबारेमा सरसल्लाह गरे । मुनिमलाई भने यो कुरा पटक्कै मन परेन । राजनीतिमा लागेर सेठजी नेताजी भए भने क्या हो क्या हो । म जस्तो लुम्रेझुम्रेलाई के राख्थे । सुटमा टाई बाँध्ने निजी सचिव पो राख्ने हुन् कि ।

अनि मुनिमजीले सेठलाई सम्झाए– सेठजी, नेता बन्नुभन्दा त नेता किन्नमा फाइदै फाइदा छ । चुनाउ लड्नु भन्दा चुनाउ जित्ने उम्मेदवारलाई १०, २० लाख चुनाव खर्च दिए त काम फत्ते भै हाल्यो । विद्वान्हरूले भनेका छन्– चुनाउ फोहोरी खेल हो ।

सेठलाई शङ्का लाग्यो– ‘अनि चुनाउको रेसमा जित्ने घोडा यही हो भनेर कसरी चिन्ने नि ?’

त्यति जावो कुरा त पत्रपत्रिकाले गरेको भविष्यवाणीबाट पनि थाहा पाउन सकिन्छ ।’ अकवरलाई वीरवलले तात्तातै जवाफ दिए जस्तै मुनिमले पनि हाजिर जवाफी देखाए ।

सेठजीले पनि जोड घटाउ गर्दा नेता बन्नुभन्दा त नेता किन्नुमै शुभलाभ, रिद्धि सिद्धि सबै देखे । अनि भ्याटलाई नदेखाउने खातामा “बीस लाख चुनाउ खाते” भनी लेखे अनि सन्तोषपूर्ण लामो सास लिए ।

बारा– हाल, थानकोट काठमाडौं

 

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x