साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताजी संविधान बनाउँदै हुनुहुन्छ

Nepal Telecom ad

तपाइँ चिन्तित हुनुहुन्छ रे !
संविधान बन्दैन कि भनेर ।
चिन्ता नलिनुस्,
नेताजी संविधान बनाउँदै हुनुहुन्छ
नेताजी लागिरहनुभएको छ
संविधानै संविधान बनाउँछु भनेर ।

त्यसैले त–
कहिले मेची पुगेर कुम हल्लाउनुहुन्छ
कहिले राप्ती पुगेर बङ्कर छाम्नुहुन्छ
नेताजी संविधान बनाउँदै हुनुहुन्छ ।

कसैले औँलो ठड्याएर
संविधान बनाउँदै हुनुहुन्छ
कसैले हातमा पट्टी बाँधेर
संविधान बनाउँदै हुनुहुन्छ
जसरी भए पनि
संविधान त बनाउँदै हुनुहुन्छ ।

तपाइँ– हामीले किन चिन्ता लिने ?
नेताजी आफैं चिन्तित हुुनुहुन्छ
कसलाई मुटु दिने ?
कसलाई कलेजो दिने ?
कसलाई मासु दिने ?
कसलाई हड्डी दिने ?
बाँडेका सपना कसरी पु¥याउने ?
भागबण्डा गर्र्दै हुनुहुन्छ
संविधान बनाउँदै हुनुहुन्छ ।

चिन्ता नगरौँ
नेपाल अभैm
टाट पल्टी सकेको छैन
नेताजी यसैमा चिन्तित हुनुहुन्छ
संविधान बनाउँदै हुनुहुन्छ

२०७१ मार्ग ५ गते

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धन्य प्रजातन्त्र

धन्य प्रजातन्त्र

रमेश गौतम ‘पाल्पाली’
श्रीमती महात्म्य

श्रीमती महात्म्य

रमेश गौतम ‘पाल्पाली’
उहाँ कवि हुनु भो

उहाँ कवि हुनु भो

भोलानाथ सुबेदी
लासले भोट दिँदैन

लासले भोट दिँदैन

डा. कृष्ण शाह यात्री
रगत रातो छ

रगत रातो छ

तेजप्रकाश श्रेष्ठ
म

एमपी पाण्डे
मिलाउनेले गाउँ त के देशै खाने भो

मिलाउनेले गाउँ त के...

रणबहादुर बुढाथोकी ‘भैया’
ल तपाईंलाई पनि बधाई छ !

ल तपाईंलाई पनि बधाई...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x