साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओखती

Nepal Telecom ad

शान्ति निकै कम खान थाली ।
सकभर भागै बस्दिनथी, बसिहाले पनि दुई–चार गास खाएपछि मुख बिगार्थी । आमाले खाना खान कर गर्दा उल्टै आमासँग झर्कन्थी ।

पुलपुलिएकी एक्ली छोरी, मोटीघाटी र सुन्दर थिई । मीठो बोली र हँसिलो अनुहार थियो । मीठो–मसिनु टन्न खान्थी । ध्यान दिएर पढ्थी । काममा पनि फुर्तीली भए पनि केही दिनदेखि ओइलाएको सागजस्तै भएकी थिई । लगनशील भएर पढ्न र काम गर्न पनि छोडेकी थिई । सधैं एकान्तमा बसेर टोलाइरहन्थी ।

“पेटमा जुका परेर हो कि ?” बाआमाले अनुमान लगाए । मेडिकलबाट जुकाको ओखती ल्याएर खुवाए, छोएन ।
“तुस गानाले हो कि, म ओखती बनाइदिन्छु ।” बाले भने ।
भोकटे र बेलौतीका मुन्टा, आँपको बोक्रो, दुबसिन्की, सयजरी, बादलपातेका जरा, कालीन्यूरोको गानोलगायतका जडीबुटी कुटेर झोल बनाए र बिहान खाली पेटमा खान दिए । त्यसले पनि छोएन ।
बाआमाका मनमा चिन्ता बढ्दै गयो । लागोसागो केही लाग्यो कि भन्ने आसङ्काले आखत हेराए, धामी बसाए, भाकल गरे तर बीसको उन्नाइस भएन ।

“छोरीलाई के भयो हँ, झन् सुक्दै पो गई त !” बाआमाले पिरलो गर्दै थिए, एकदिन स्कुल गएकी छोरी साँझ घर फर्किन । बाआमा आत्तिए, वरपर खोजे तर कुनै पत्तो लागेन । चिन्ताको खाडल झन् गहिरो हुँदै गयो । उनीहरूका आँखा वर्षाको झरीमा परिणत भए ।

पसिर्पल्ट तल पसलमा फोन आएको खबर आयो । बुढा घरमा थिएनन्, बुढी गइन् । छोरीकै फोन रहेछ । खुसी भइन् ।
“आमा, म शङ्करसँग हिँडेँ । साह्रै सज्जन केटो छ, हाम्रो पिर नगर्नू ।” छोरीले भनी ।

छोरीको बोली सुनेपछि आमा अलमल परिन् । के बोल्ने हो, होसै पाइनन् । केहीबेरपछि भनिन्– “पेट कस्तो छ, खाना खान्छेस् कि नाईं ?”

“शङ्करसँग आएपछि सबै ठीक भयो आमा । अहिले त टन्न खान्छु । कस्तो भोक लाग्छ ।” छोरीले भनी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
न्याय

न्याय

डा. हरिप्रसाद भण्डारी
छोरो

छोरो

डा. हरिप्रसाद भण्डारी
टर्रो पान

टर्रो पान

डा. हरिप्रसाद भण्डारी
आफ्नो मान्छे !

आफ्नो मान्छे !

डा. हरिप्रसाद भण्डारी
मित्रता !

मित्रता !

डा. हरिप्रसाद भण्डारी
उत्कृष्ट कर्मचारी

उत्कृष्ट कर्मचारी

डा. हरिप्रसाद भण्डारी
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x