साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एउटा जन्मजात बाहुनको विज्ञप्ति

Nepal Telecom ad

नाकै थेप्चिने गरी
कसैले चोरऔँलाले ठेलेदेखिन्
दिमाग रन्थन्याएर सोचिरहेछु–
एउटै ब्रेन्चमा राखेर मास्टरले
मलाईमात्र बाठो बनाउने गरी
कुन पुस्तक पढाए होलान् त्यतिबेला ?
मैले पुख्र्यौली छाला बेचेर हालेको होइन यो चुच्चो नाक
कसैले जन्मदिनको उपहारस्वरूप
दिएका होइनन् यी बल्ढ्याङ्ग्रे आँखा
टेलिभिजनको घटिया विज्ञापनको स्याम्पु घसेर
उम्रिएका होइनन् यी दारीजुँगा
उसैको थप्र्याङमा पलेटी मारेर
उसकै बोटुकोको छयाङ सिनित्त पिएको छु
दाँत दुखुन्जेल उसकै भागको सुकुटी चपाएको छु
ऊजस्तै बनेर
उसको बाको काखमा निदाएको छु
उसलाई सोध्दै नसोधी
उसकी आमाको दूध पिएको छु मैले पनि ।
कुखुराको चल्लाजस्तो प्याट्ट
बोक्रा फुटालेर निस्किएको होइन म पनि
टुक्रुक्क खसेर आकाशबाट
टुकुटुकु हिँडेको पनि होइन
मैले लडिबुडी खेलेको माटो र उसको बारीको कान्लो
उस्तै छ
एउटै वायुमण्डलले श्वास धानेको छ
उसको पनि/मेरो पनि
नौ महिना
उसकी आमाजस्तै आइमाईको
कोखको गुप्तबास झेलेकै हुँ मैले पनि
किन बाहुन जन्मिएँ ?
किन मेरो नाक थेप्चिएन ?
किन मेरा आँखा चिम्सिएनन् ?
किन अचेल ऊ आफूलाई लाटोसुधो ठान्छ
अनि मलाई धूर्त–चण्डाल मान्छ ?
ऊ र म भएरै यो देश भएको हो
उसले र मैले मानिदिउन्जेल
यी ढुङ्गा र माटाका साँधसिमाना रहन्छन्
यो राज्य भन्ने भाँडो रहन्छ
उसले कैयन् चोटि
‘काठो’ भनेको छ मलाई
मैले कैयन् चोटि
‘भोटे’ भनेको छु उसलाई
ऊ रिसाउने भए उतिबेलै रिसाउँथ्यो ।
उसकी आमाले तेल घसेका यी हातले
उसको बाको औँला समातेर
उसकै आँगनमा युगौँ हिँडेको छ यो बाहुन
उसले आफ्नै बासँग सोध्नुपथ्र्यो–
तिम्ले ताते गर्न सिकाएको
कान्छा बाहुनको खुट्टा भाँच्नु छ बा !
भाँचौँ कि नभाँचौँ ?
सोध्नुपथ्र्यो आमासँग–
तिम्ले मेथी झानेको तेल घसेर बलियो बनाएको
बाहुनको बच्चोको करङ खुस्काउनु छ आमा !
खुस्काऊँ कि नखुस्काऊँ ?
उसको बाको युगीन सद्भाव
उस्तै छ मेरो शिरमाथि
उसकी आमाको पुस्तैनी ममता
सराबरी छ मेरो मातृत्वसँग
यो चुच्चो नाक देखापर्यो भने आँगनमा
आफ्नै भाग कटाएर
मेरा लागि भाग हालिदिने चलन
अझै छ उसको घरमा ।
कहिल्यै,
‘कुनै जातको हुन नसकेको’
यो चुच्चो नाकमुन्तिरको एउटा मन
र यी बल्ढ्याङ्ग्रे आँखा पछाडिको
एक थुप्रो ‘अजातीय’ मथिङ्गल बोकेर
पुस्तौँदेखिन्
उभिएको उभियै छु ।
ओ महाशय !
सक्छौ भने मजस्तो
जन्मजात बाहुनको ‘विचार’लाई
‘बाहुन’ बनाएर देखाऊ !

काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चिल्लो गधा

चिल्लो गधा

प्रोल्लास सिन्धुलीय
कहिल्यै ननिभ्ने धुवाँ

कहिल्यै ननिभ्ने धुवाँ

प्रोल्लास सिन्धुलीय
म लोग्नेमान्छे

म लोग्नेमान्छे

प्रोल्लास सिन्धुलीय
जन्मजात बाहुनको विज्ञप्ति

जन्मजात बाहुनको विज्ञप्ति

प्रोल्लास सिन्धुलीय
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
म बुढो भएकै हो

म बुढो भएकै हो

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x