साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यत्ति भए पुग्छ

Nepal Telecom ad

भयो दुख्यो जिन्दगानी यत्ति भए पुग्छ
कति सहुँ यो हैरानी यत्ति भए पुग्छ ।

काम, नाम, दाम देलास् आशा छैन सरकार,
छिटो गर्दे राहदानी यत्ति भए पुग्छ ।

एउटै आशिष छोरालाई बरु सहिद बनोस्,
तर बनोस् स्वाभिमानी यत्ति भए पुग्छ ।

जस्तो बना संघीयता हाम्रो भातृत्वमा,
नहोस् कुनै खिचातानी यत्ति भए पुग्छ ।

मरेपछि स्वर्ग पुगूँ या नर्कमै परूँ !
नेपालकै होस हावापानी यत्ति भए पुग्छ ।

खाडीबाट आमालाई मुन्द्रा ल्याएको छु,
नलुटिदे राजधानी यत्ति भए पुग्छ ।

मेरो फोटो सन्ततिलाई देखाउँदै गर्नु,
नेमेटियोस् चिनाजानी यत्ति भए पुग्छ ।

सोचेजति कठिन छैन ‘सागर’ भित्र डुब्न,
थोरै रहोस् सावधानी यत्ति भए पुग्छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x