साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सडक महामारी !

Nepal Telecom ad

ऐले शीत बढेर लुग्लुग भयौ, गर्मी चढ्यो गृस्ममा
बाढी– भेल चलेर पीडित रह्यौ, वर्षादको भूतमा ।
बाह्रै मास सदा बहारसरी भो, पल्टे कयौँ वाहन
हेर्दैनन् प्रहरी–प्रशासन लुला, मर्दै गयो शासन ।।१।।

बोक्छन् मोटर भार दोबर हरे, पैसा भए पुग्दछ
रोक्छन् शान दिएर रक्षक यहाँ, पैसा भए पुग्दछ ।
साहू–चालक बोक्छ तेबर पनि, पैसा भए पुग्दछ
पैस कै बलमा, सबै नियम नै, लुत्रुक्क खुब् झुक्दछ ।।२।।

बाटा थोत्रिसके छ खाडल ठूला, भत्की भए सागुरा
चल्छन् जीर्ण र शीर्ण साधन कठै, जाँच्दैन सरकार ता ।
सिन्डीकेट बढेर चौपट भयो, सर्कार भो दर्शक
पैसामै व्यवसाय केन्द्रित हुँदा, जम्मै भए भक्षक ।।३।।

ठूला साधन चल्छ बालक–भुरा, त्यस्का भए चालक
पैसामै जब बाँडियो ‘अनुमति’, पाका नभै चालक ।
यात्राको क्षणमा न जाँच गरियो, यात्रु तथा साधन
बढ्दैछन् घटना मरे कति सडे, ओछ्यान वा च्यानमा ।।४।।

मारै मार परयो, बिचल्ली जनमा, सर्कार भो जोक्कर
बाँडी घूस र अंश, जागिर भरे, सर्कार भो लोफर ।
छैनन् मापन दन्ड, मोटर भरी, यात्रु कुदाए कती ?
बढ्दैछन् घटना, अघोर रुपले, यात्रु मराए अती ।।५।।

धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x