साइबर अपराध सम्बन्धी सचेतना सामग्री

एक दिन मरेर हेर्दा

Nepal Telecom ad

विधाताले दिएको
जिम्मेवारी
जब पूरा गरेँ
एक दिन मलाई लिन
यमदूतहरू
मृत्युलोक ट्याक्क झरे
आफू पनि के कम
एक सेकेन्ड ढिला नगरी
म पनि ठ्याक्क मरेँ
झुटो होइन हजुर, साँच्चै मरेँ
इस्ट मित्र भेला भई
शवयात्राको भव्य तयारी गरे
गाली गर्ने पनि त्यहीँ थिए
ताली मार्ने पनि त्यहीँ थिए
इष्र्या गर्ने पनि आएका थिए
माया गर्ने पनि धाएका थिए
शोकको मुहार लाएका थिए
सबै आँखाले गम खाएका थिए ।
जब मेरो लास उठ्यो
मेरी प्यारी धर्मपत्नी
छाती पिटिपिटी यसरी रुँदैथिइन्
मानौँ उनी पनि
सँगै सति जान तयार हुँदैथिइन्
अर्की महिला पनि
जोड जोडले रुँदैथिइन्
झन्नै बिहोस जस्तै हुँदै थिइन्
त्यो भन्दा पनि झन अर्की
झन जोडले छाती ठोक्दै थिइन्
बिरहका बिलौना पोख्दै थिइन्
यो सारा दृश्यले
मेरी अर्धाङ्गिनी चकित भइन्
उनका सारा रोदन रोक्कियो
शङ्कै शङ्का पोख्खियो
उनीहरूको नजिकै गइन्
एक एक गरी सबलाई सोधिन्–
यिनी त मेरा पति परमेश्वर परे
तिम्रा चाहिँ को हुन् अरे ?
पहिलीले छाती ठाक्दै भनिन्
यिनी त मेरा कृष्ण भगवान परे
दोस्रीले गला रोक्दै कहिन्
मेरा यिनी अन्नदाता, महान परे
तेस्रीले औँला टोक्दै भनिन्
मेरा त यिनी हृदयका आदर परे
चौथीले चरण ढोक्दै भनिन्
मेरा त यिनी गडफादर परे
श्रीमती झन छक्क परिन्
उनीहरूलाई एकछिन टक्क हेरिन्
आँसु पुच्छ्दै लामो स्वास फेरिन्
सबलाई एक ठाममा खेरिन्
र भनिन्–
ल अब नरुनुस्
कसैका यिनी अभिनेता परे
कसैका यिनी धर्मपिता परे
कसैका यिनी भगवान परे
मेरा त यिनी खाली श्रीमान परे
जे गरे अरुकै लागि गरे
आप्mना लागि त खै के गरे ?
मैले मृत्युशैयाबाटै भनेँ–
मेरी डार्लिङ
कसैको लागि म भगवान परेँ
कसैको लागि म महान परेँ
तर तिम्रो लागि त म
सधैं कमाइ ल्याउने बाहन परेँ
आज एक्लै जानु पर्दा पनि
यस्तो लागीरा’छ
भगवानले जे गरे, त्यो ठिकै गरे ।
’ल अझै उठ्या होइन !’
जब श्रीमतीले कानमा
तिखो आवाज ठोकिन्
सिरानमै तातो चिया पोखिन्
मैले आँखाका ढोका घरक्क खोलेँ
सपनाका कुरा लुकाउँदै बोलेँ–
आज त क्या मिठो सपना देखेँ
सपनामै एउटा कविता लेखेँ ।
श्रीमतीले चिया राख्दै भनिन्–
थाह छ मलाई
त्यै मोरीको सपना देख्नु भो होला
आज पनि त्यसैलाई हेरेर त
कविता लेख्नु भो होला ।

दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
बाको श्राद्ध

बाको श्राद्ध

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x